देश/प्रदेश

एमाले मुगुले टुंगायो गाउँ र नगर प्रमुख/ उपप्रमुखको उम्मेदवारी

By खबरहब

April 23, 2022

मुगु – नेकपा एमाले मुगुले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी टुंगो लगाएको छ।

छाँयानाथ रारा नगरपालिकाको मेयरको लागि डम्वर रावल र उपमेयरमा टोमा लामालाई सिफारिश गरिएको एमाले मुगुले जनाएको छ । पालिका प्रमुख र उपप्रमुखहरुहरुको नाम एमालेले शुक्रबार टुंगो लगाएको हो ।

त्यस्तै, सोरु गाउँपालिकाको अध्यक्षमा डिल्ली प्रसाद भट्ट, उपाध्यक्षमा डिलकली शाही, खत्याड गाउँपालिका अध्यक्षमा लालबहादुर मल्ल, उपाध्यक्षमा कविता गिरी र मुगुमकामारोङ्ग गाउँपालिका अध्यक्षमा सोनाम लामा र उपाध्यक्षमा छिरिङ्ग फुटिक लामालाई उम्मेदवार घोषणा गरेको छ ।