धनगढी कांग्रेसको मेयरमा पुनः वड उम्मेदवार « Khabarhub

धनगढी कांग्रेसको मेयरमा पुनः वड उम्मेदवार


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर रहेको धनगढीमा नेपाली कांग्रेसले निर्पबहादुर वडलाई नै मेयर पदमा उम्मेदवार बनाएको छ ।

हाल मेयर रहेका वडलाई आगामी निर्वाचनमा पनि उम्मेदवार बनाउने निर्णय गरिएको नेपाली कांग्रेस धनगढी नगर सभापति यज्ञराज उपाध्यायले बताए ।

सत्ता गठबन्धनले धनगढीको मेयर कांग्रेसलाई दिने सहमति भएपछि शुक्रबार कार्यदलको बैठकले वडलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ,’ नगरसभापति उपाध्यायले भने, ‘आजसम्म वडा अध्यक्षको उम्मेदवारी पनि टुंगो लगाउने छौँ ।’

विसं  २०७४ सालमा मा सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २७ सय मत अन्तरले पराजित गर्दै विजयी भएका थिए ।

यसअघि धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले स्वतन्त्र उम्मेदवारी दिइसकेका छन् । नेकपा एमालेले भने अहिलेसम्म उम्मेदवारी टुंगो लगाएको  छैन ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ८ : ३८ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच