सन्धिखर्कका मेयरसहित २१ जनप्रतिनिधिले दिए राजीनामा | Khabarhub Khabarhub

सन्धिखर्कका मेयरसहित २१ जनप्रतिनिधिले दिए राजीनामा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची – सन्धिखर्क नगरपालिकाका नगर प्रमुखसहितका जनप्रतिनिधिहरूले राजीनामा दिएका छन् ।

सन्धिखर्कमा पत्रकार सम्मेलन गरी नगर प्रमुख कमलप्रसाद भुसालसहित २१ जनप्रतिनिधिहरूले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राजीनामा दिएका हुन् ।

नगरप्रमुख भुसालले उपप्रमुख ठाकुर कुमार विकसमक्ष राजीनामा बुझाए । ९ जना वडाअध्यक्षसहित कार्यपालिका सदस्यहरूले दिएको राजीनामा स्वीकृत गरेपछि नगरप्रमुख भुसालले उपप्रमुखसमक्ष राजीनामा पेस गरेका थिए ।

नगरप्रमुख भुसाल नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । भुसाल नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको भावी उम्मेदवारको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : २० बजे

६ महिनापछि घर फर्किए टिङ्करवासी

दार्चुला– दार्चुलाको उत्तरी सिमानामास्थित टिङ्कर गाउँका स्थानीय ६ महिनापछि गाउँ

उपल्लो मुस्ताङको चराङ र लोमान्थाङमा राष्ट्रिय परिचयपत्र वितरण

मुस्ताङ– उत्तरी चीनसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र

हुलाकी सडकले सुगम बन्यो बाँकेको नरैनापुर

बाँके– बाँकेको दुर्गम क्षेत्र मानिने राप्ती नदीपारि अवस्थित नरैनापुर गाउँपालिका

खोटाङमा आजदेखि खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सुरु

खोटाङ– नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

बागलुङ-  एक दशकअघिसम्म हाँडिकोटको महत्त्व पशु चरिचरनका लैजाने स्थानीयले मात्र