पुनः उम्मेदवार बन्न लमजुङका जनप्रतिनिधिले धमाधम राजीनामा दिँदै « Khabarhub

पुनः उम्मेदवार बन्न लमजुङका जनप्रतिनिधिले धमाधम राजीनामा दिँदै


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिनका लागि लमजुङमा स्थानीय तहका जनप्रतिनिधिहरूले धमाधम पदबाट राजीनामा दिइरहेका छन् । मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले पुनः एमालेबाट वडाध्यक्ष बन्न पदबाट राजीनामा दिएका हुन् ।

यस्तै बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रेमबहादुर तामाङले पनि वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजीनामा दिएका छन् ।

लमजुङको बेशिसहर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य प्रेमबहादुर तामाङले वडाध्यक्षमा उम्मेदवारी दिन वडा सदस्यबाट राजीनामा दिएका छन् । बेसिसहर नगरपालिका ३ का वडा सदस्य श्रीकान्त घिमिरेले नगरपालिकाकै प्रमुखमा उम्मेदवारी दिन सदस्यबाट राजीनामा बुझाएका छन् । उनीहरू दुवै नेपाली कांग्रेस हुन्।

११ वैशाखअघि नै पदबाट राजीनामा दिने तयारी भइरहेको अन्य जनप्रतिनिधिहरूले बताएका छन् । लमजुङमा ८ स्थानीय तहमध्ये ४ नगरपालिका र ४ गाउँपालिका छन्। जिल्लामा ७५ वटा वडा छन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ३३ बजे

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको