महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे बस्ने « Khabarhub

महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे बस्ने


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो आज लगाउने भएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन कांग्रेसले दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे सुरु हुने बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको छ।

यसअघि हिजो शुक्रबारका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक सहमति जुट्न नसकेको भन्दै स्थगित गरिएको थियो।

देशका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाउने तयारी प्रमुख दलहरुको छ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ४३ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका