महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे बस्ने | Khabarhub Khabarhub

महानगर/उपमहानगरको उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक २ बजे बस्ने


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ नेपाली कांग्रेसले महानगर/उपमहानगरपालिकाको मेयर तथा उपमेयरको टुंगो आज लगाउने भएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंग्याउन कांग्रेसले दिउँसो २ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार २ बजे सुरु हुने बैठकमा उपस्थित हुनका लागि पदाधिकारी सबैलाई बोलाइएको छ।

यसअघि हिजो शुक्रबारका लागि बोलाइएको कार्यसम्पादन समितिको बैठक सहमति जुट्न नसकेको भन्दै स्थगित गरिएको थियो।

देशका ६ वटा महानगर र ११ वटा उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारी आजै टुंगो लगाउने तयारी प्रमुख दलहरुको छ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ४३ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार