महानगर/उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै « Khabarhub

महानगर/उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो आज लगाउने तयारी गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस भइ आएको जानकारी गराइएको थियो। सिफारिस भएका नामबारे छलफल गरेर टुंगो लगाउन लागिएको हो।

हालसम्म ललितपुर महानगरबाट हरिकृष्ण व्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगञ्जबाट विजय सरावगी गरी तीन जना मेयर सर्वसम्मत सिफारिस भएका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ५५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको