महानगर/उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै | Khabarhub Khabarhub

महानगर/उपमहानगरका उम्मेदवारको टुंगो लगाउन एमालेको बैठक बस्दै


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले महानगर र उपमहानगरपालिकाका उम्मेदवारको टुंगो आज लगाउने तयारी गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजेका लागि बोलाइएको सचिवालय बैठकमा महानगर र उपमहानगरका उम्मेदवारको टुंगो लगाउने तयारी भइरहेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

यसअघि बिहीबार बसेको सचिवालय बैठकमा सबै महानगर तथा उपमहानगर कमिटीले आकांक्षीको नाम सिफारिस भइ आएको जानकारी गराइएको थियो। सिफारिस भएका नामबारे छलफल गरेर टुंगो लगाउन लागिएको हो।

हालसम्म ललितपुर महानगरबाट हरिकृष्ण व्यञ्जनकार, भरतपुरबाट विजय सुवेदी र वीरगञ्जबाट विजय सरावगी गरी तीन जना मेयर सर्वसम्मत सिफारिस भएका छन्।

निर्वाचन आयोगको कार्यतालिका अनुसार भोलि उम्मेदवार मनोनयन प्रक्रिया सुरु हुदैँछ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ९ : ५५ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग