एमालेबाट दिक्तेल नगरमा सर्वसम्मत उम्मेदवार सिफारिस  « Khabarhub

एमालेबाट दिक्तेल नगरमा सर्वसम्मत उम्मेदवार सिफारिस 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेकपा एमाले खोटाङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयर र उपमेयरको उम्मेदवार सर्वसम्मत टुंगो लगाएको छ । नगर कमिटीले मेयरको उम्मेदवारमा कुमार आचार्य र उपमेयरमा बिणादेबी राईलाई सिफारिस गरेको हो ।

नगर कमिटीको सिफारिसलाई जिल्ला कमिटीले अनुमोदन गर्दै प्रदेश कमिटीसमक्ष सिफारिस गरेको छ । मेयरको उम्मेदवारमा सिफारिस आचार्य एमाले जिल्ला कमिटी सचिव हुन् । उनी २०७४ सालको निर्वाचनमा मेयरकै दाबेदार थिए। उपमेयरका उम्मेदवार राई दोस्रो कार्यकालका लागि उठ्न लागेकी हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा उम्मेदवार चयन गर्न एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको थियो ।

कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँचकर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाललगायत छन्।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १० : ५९ बजे

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ