राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा « Khabarhub

राजीनामापछि जनप्रतिनिधिले फिर्ता गरे सवारी सुविधा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन सिरहाका जनप्रतिनिधिहरूले राजीनामासमेत आफूले प्रयोग गर्दै आएको सवारी साधन तथा सामग्री बुझाउन थालेका छन् ।

 निर्वाचन कार्यतालिका अनुसार ११ र १२ गते मनोनयन दर्ता गर्ने कार्यक्रम रहेकाले जनप्रतिनिधिले एक दिन अगाडि आफूले प्रयोग गर्दै आएको सामाग्री बुझाउन थालेका हुन् ।

सिरहाको विष्णुपुर गाउँ पालिकाका अध्यक्ष जागेश्वर यादवले आफूले प्रयोग गर्दै आएको सरकारी सवारी साधन, मोबाइललगायतका सामाग्री जिन्सी शाखालाई  बुझाएका छन् । पालिका अध्यक्ष यादवसँगै सबै वडा अध्यक्षहरूले प्रयोग गर्दै आएको मोटरसाइकल र मोबाइल बुझाएका छन् । त्यसैगरी  सिरहा नगरपालिकाका मेयर अशेश्वर यादवले पनि आफूले प्रयोग गर्दै आएको सरकारी गाडीको चाबी प्रशासकीय अधिकृत बलिराम यादवलाई बुझाएका छन् ।

उनीहरु दुवै जना जनता समाजवादी पार्टीबाट २०७४ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका थिए । दुवै जना पुनः मेयर पदका प्रत्यासी हुन्।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १२ : २८ बजे

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै