आईपीएलमा आज दुई खेल हुने, राशिद खान सयौँ विकेटको खोजीमा « Khabarhub

आईपीएलमा आज दुई खेल हुने, राशिद खान सयौँ विकेटको खोजीमा


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इण्डियन प्रिमियर लिग आईपीएलमा शनिबार २ खेल हुँदैछन् ।

भारतको मुम्बईस्थित डीवाईपाटील स्टेडियममा हुने खेलमा कोलकत्ता नाईट राईडर्स र गुजरात टाईटन्स भिड्ने भएका छन् ।

अपराह्न पौने ४ बजे सुरु हुने खेलमा कोलकत्ता चौथो जितको खोजीमा रहने छ भने गुजरात छैंटौं जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहनेछ ।

आजको खेलमा १ विकेट मात्रै लिए पनि गुजरातका राशिद खान आईपिएलमा १०० विकेट पुरा गर्ने १७औँ बलर बन्नेछन् ।कोलकत्ता ६ अंकसहित तालिकाको सातौँ स्थानमा छ भने गुजरात १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

अर्को खेलमा रोयल च्यालेन्जर्स बेंगलोर र सन्राईजर्स हैदराबाद मुम्बईको ब्रेबोर्न स्टेडियममा राति पौन ८ बजे आमने/सामने हुनेछन् ।

बेंगलोर छैंटौं जितको खोजीमा छ भने सन्राईजर्स पाँचौँ जितको खोजीमा छ । बेंगलोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा हुँदा ८ अंकसहित हैदराबाद पाँचौँ स्थानमा छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १२ : ५५ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार