कान्समा प्रतिस्पर्धा गर्दै अविनाशको ‘लोरी’ « Khabarhub

कान्समा प्रतिस्पर्धा गर्दै अविनाशको ‘लोरी’


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अविनाशविक्रम शाहको छोटो फिल्म कान्स फिल्म फेस्टिभलमा छानिएको छ ।  

योसँगै नेपालबाट प्रतिस्पर्धात्मक विधामा अफिसियल छनौट हुने ‘लोरी’ पहिलो फिल्म बनेको छ ।  शुक्रबार साँझ सार्वजनिक लाइनअप अनुसार शाहको निर्देशन रहेको ‘लोरी’ समावेश छ।  ‘कालो पोथी’ का लेखक अविनाश विक्रम शाहले थुप्रै अवार्डे लघु फिल्मको निर्देशन गरेका छन् । उनले बनाउन लागेको पहिलो फिचर फिल्म ‘झ्यालिन्चा’ निर्माणको क्रममा रहेको छ । 

१ सय ४० देशका ३५ सय बढी फिल्मबाट ‘लोरी’ ले उत्कृष्ट ९ मा स्थान बनाएको हो । नेपालले अब चीन, साउथ कोरिया, कोस्टारिका, अमेरिका, फ्रान्स, घाना र लिथुनियाका फिल्मसँग प्रतिस्पर्धा गर्नेछ । हङकङको फिल्म कम्पनीको समेत निर्माण रहेको १४ मिनेटको ‘लोरी’ मे २८ का दिन आफ्नो भाग्य निर्धारण गर्नेछ । 

यसअघि कान्समा थुप्रै फिल्मकर्मीका फिल्म अनेक विधामा छानिएको भए पनि अफिसियल छानिएको पहिलो पटक हो । कान्समा गत वर्ष मात्र किरण पोखरेलको ‘विङस्’ नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल कन्टेस्टमा ग्रयान्ड प्राइज जितेको थियो । 

यसअघि फिडेल देवकोटाको फिल्म ‘काङलिङ’ को पटकथा पनि कान्समा छानिएको थियो । कान्सकै अघिल्ला वर्षहरूमा मीनले बन्न लागेको फिल्म ‘चिसो वर्ष’ का लागि ६६ लाख बराबरको फन्ड जितेका थिए । मे १७ देखि सुरु हुने फेस्टिभल २८ मा समापन हुँदैछ । फिचर फिल्ममा जस्तै सर्ट फिल्मको विधातर्फ पनि उत्कृष्ट हुने फिल्मलाई पाम डी अर प्रदान गर्ने गरिन्छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : २० बजे

पाँच सय किलो गाँजासहित दश जना पक्राउ

काठमाडौं– भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

झापा २ : बढ्दै देवराज र स्वागतको चुनौती, उत्साहित इन्दिरा र सरिता

काठमाडौं- यस पटकको निर्वाचनमा चर्चाको शिखरमा छ झापा । नेकपा

शहीदका सपना पूरा गर्ने जिम्मेवारी अब हाम्रो काँधमा : बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले

काठमाडौँ–तराईरमधेस दू्रतमार्ग : ४५ प्रतिशत प्रगति

लेनडाँडा– देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौँ–तराईरमधेस दू्रतमार्ग (फाष्ट