स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई मोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ « Khabarhub

स्वास्थ्य सेवा कार्यालयका प्रमुखलाई मोसो दल्ने नेकपाका कार्यकर्ता पक्राउ


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीलाई ३० फागुनमा कार्यकक्षमै मोसो र जुत्ताको माला लगाउने विप्लव नेतृत्वको नेकपाका कार्यक्रता पक्राउ परेका छन् ।

शनिवार बिहान प्रहरीले उनीहरूलाई पक्राउ गरेको जाजरकोटका डीएसपी सन्तोष निरौलाले जानकारी दिए ।

उनका अनुसार भेरी–१ पिपे घर भएका युवा संगठनको अध्यक्ष ३१ बर्षीय डिलबहादुर राना, कुसे गाउँपालिका  घर भइ  युवा सङ्गठनका इन्चार्ज २६ वर्षीय गोविन्द चन्द र भेरी नगरपालिका–७ घर भइ अखिल क्रान्तिकारीका संयोजक दिपेन्द्र सिंह पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूमाथि प्रमुख जैसीलाई विभिन्न आरोप लगाउँदै कार्यकक्षमै जुत्ताको माला र मोसो दलेको आरोप लागेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ३३ बजे

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट

आज महाअष्टमी पर्व मनाइँदै : कुन-कुन शक्तिपिठमा हुँदैछ पूजा ?

काठमाडौँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा