राष्ट्रसंघका महासचिवले रुस र युक्रेनको भ्रमण गर्ने « Khabarhub

राष्ट्रसंघका महासचिवले रुस र युक्रेनको भ्रमण गर्ने


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्ध अन्त्यको पहलका लागि रुस र युक्रेनको भ्रमण गर्ने भएका छन् ।

उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन जाने तय भएको संयुक्त राष्ट्रसंघको समाचार संस्था युएन न्युजले जनाएको छ ।

उनले दुबै देशमा त्यहाँका विदेशमन्त्री तथा राष्ट्रपतिसँग भेटवार्ता गर्ने बताइएको छ ।

रुसमा गएका बेला उनले राष्ट्रपति भ्लादिमिर पुटिन र विदेश मन्त्री सेर्गेइ लाभ्रोभलाई भेटेर युक्रेनमाथिको आक्रमण रोक्न आग्रह गर्नेछन् ।

त्यसपछि उनी युक्रेन पुगेर त्यहाँका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

 ‘युक्रेन भ्रमणका लागि पनि महासचिवले तयारी गर्नुभएको छ सहायक प्रवक्ता एरि कानेकोले भने  । युक्रेनमाथि रुसको आक्रमण जारी रहेका बेला राष्ट्रसंघका महासचिवको भ्रमणलाई निकै चासोका साथ हेरिएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ४१ बजे

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई

लगातारको वर्षापछि काठमाडौंमा मौसम खुल्दै (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षापछि खुल्दै काठमाडौंको मौसम बङ्गालको खाडीमा विकसित चक्रवातको

बाइनान्सको क्रिप्टो चोरीमा उत्तर कोरियाली ह्याकर संलग्न : एफबीआई

न्युयोर्क– विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

काठमाडौं– डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा भारी हिमपातका कारण ६ जना

महँगी तात्यो युरोप : फ्रान्सको सडकमा मात्रै तीन लाख २० हजार उत्रिए

म्याड्रिड– जीवनयापनको बढ्दो खर्च, आवास समस्या, सार्वजनिक सेवाको अवस्था र