मिलन श्रेष्ठको ‘आमा’ सार्वजनिक  « Khabarhub

मिलन श्रेष्ठको ‘आमा’ सार्वजनिक 


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतलाई निरन्तर रुपमा अगाडि बढाईरहेका गायक मिलन श्रेष्ठले मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्न दिनलाई लक्षित गर्दै ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । 

राजनराज शिवाकोटी शब्दसँगै संगीत रहेको गीतलाई सञ्जीव बराईलीले एरेन्ज गरेका हुन् । गीतमा आमा र छोरा बीचको सम्बन्धलाई देखाइएको छ । 

युवराज वाइबाको निर्देशनमा तयार भिडियोमा स्वयम् गायक मिलनसँग अभिनेत्री रश्मी भट्ट फिचर्ड छिन् । 

निशाल पौडेलको छायांकन रहेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् । गायक मिलनले यसअघि ‘मायालाई चिनो’, ‘भावनामा’, ‘तिरिरी तिरिरी’, ‘तिमी बिना’, ‘फर्किन चाहान्छु’ लगायत दर्जन गीत मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  १ : ४४ बजे

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित