गोप्य विवाहको सामाजिक सञ्जालमा प्रचार « Khabarhub

गोप्य विवाहको सामाजिक सञ्जालमा प्रचार


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री रेखा थापाले गत वर्ष कानुनी विवाह गरिन् ।

हिन्दु परम्परा अनुसार विवाह गर्ने बताएकी रेखाले पहिला कानुनी विवाह गरेकी हुन् । प्रेमी बलराम शाही ठकुरीसँग रेखाले गोप्य बिहे गरिन् । उनले, बिहे गरेको खबर केही दिनपछि मात्र बाहिरियो । उनले वैशाख पारिवारिक जमघटमा विवाह गर्ने चर्चा चल्यो । यद्यपि वैशाख दुई अभिनेत्रीले विवाह गरे । 

वैशाख ८ मा केकी अधिकारी र वैशाख ९ मा वर्षा सिवाकोटीले विवाह गरिन् । केकीले प्रेमी रोहित तिवारीसँग बिहे गरेकी हुन् । यस्तै, वर्षाले पनि पारिवारिक सहमतिमा आशिष गेलालसँग विवाह गरेकी हुन् । दुवै अभिनेत्रीले विवाहलाई गोप्य बनाए । यी दुई अभिनेत्रीको फिल्मनगरीमा नजिक रहेका फिल्मकर्मीले निम्तो मात्र होइन् । विवाह बारे सुइँको समेत पाएनन् । 

यी दुईले आफ्नो व्यक्तिगत जीवनलाई  व्यावसायिक जीवनबाट टाढा बनाउन खोजे । र , यसलाई सबैले राम्रो पनि भने । नत्र विवाह हुँदै गर्दा केही अभिनेत्रीको समारोह युट्युबमा आउने गर्थ्यो । विवाहलाई गोप्य राखेका केकी र वर्षा पछिल्लो समय भने सामाजिक सञ्जाल देखाउन व्यस्त छन् ।

मेहन्दी देखि विवाहसम्मका तस्बिरहरू यी दुई अभिनेत्रीले नै सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिरहेका छन् । बिहेलाई भव्य बनाउन कुनै कसर बाँकी नराखेकै कारण पनि हुन् सक्छ, विवाह पश्चात भएपनि आफ्नो तस्बिरलाई लगातार दुई अभिनेत्री फ्लोअर्स समक्ष पुर्‍याइरहेका छन् । तर, यसरी देखाउनु नै थियो भने पहिला लुकाउन किन मेहनत गरियो ? यो त उनै दुई अभिनेत्री केकी र वर्षाले जानुन् ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : १७ बजे

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा