अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु « Khabarhub

अफगानिस्तानमा बम विष्फोट हुँदा ३३ जनाको मृत्यु


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा भएको पछिल्लो बम विष्फोटमा कम्तीमा ३३ जनाको मृत्यु भएको छ । अफगानिस्तानको उत्तरमा रहेको कुन्दुज शहर नजिक मस्जिदलाई लक्षित गरी गराइएको बम आक्रमणमा ३३ जनाको मृत्यु भएको हो ।

आक्रमणमा अरु दर्जनौँ घाइते भएका छन् । ‘कुन्दुजको इमाम साबिह इलाकामा बम विष्फोट हुँदा बालबालिकासहित ३३ नागरिक मारिएका छन् ।’ अफगानिस्तानको शासन चलाइरहेको तालिबान सरकारका प्रवक्ता जबिहउल्लाह मुजाहिदले ट्विटरमार्फत् जानकारी दिएका छन् ।

‘हामी यस्तो अपराधको निन्दा गर्छौँ… र पीडितप्रति समवेदना व्यक्त गर्छौ ।’ मुजाहिदलाई उद्धृत गर्दै कतारी टेलिभिजन अल जजिराको अनलाइन संस्करणले जनाएको छ ।

आक्रमणको जिम्मा हालसम्म कुनै समूहले पनि लिएको छैन । यद्यपि गत वर्ष अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता आतंककारी संगठन इस्लामिक स्टेटले यस्ता आक्रमणको जिम्मा लिँदै आएको छ ।

आक्रमणमा प्रयोग भएको विष्फोटक पदार्थ र यसको उद्देश्यबारे अनुसन्धान भइरहेको कुन्दुज प्रहरीले जनाएको छ । पछिल्ला केही दिनहरुयता अफगानिस्तका विभिन्न स्थानहरुमा बम आक्रमण हुँदै आएको छ ।

कुन्दुजमा गराइएको पछिल्लो आक्रमणलाई गत वर्ष अगष्ट महिनामा तालिबानले सत्ता कब्जा गरेयता गराइएका घातक आक्रमणको रुसमा लिइएको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  २ : ५५ बजे

जनकपुरले पोखरालाई दियो १ सय ४८ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

तस्बिरमा हेर्नुहोस्, जनकपुर र पोखराबीच प्रतिस्पर्धा : कसले मार्ला बाजी ?

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

पोखराले गुमायो पाचौँ विकेट, ६१ रन बनाएका दास आउट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा