जर्सी : फितलो कथामा दमदार अभिनय  | Khabarhub Khabarhub

जर्सी : फितलो कथामा दमदार अभिनय 



काठमाडौँ– फिल्म ‘कबीर सिंह’ पश्चात शाहिद कपूरले आफ्नो स्टारडम फर्काउन सफल भए । 

बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाए । फिल्म ‘कबीर सिंह’ ले पाएको सफलताले मात्र होइन, उनको अभिनय क्षमताको कारण पनि शाहिदको चर्चा बढ्दो छ । कबीर सिंहलाई जीवन्त बनाउन शहिदले कुनै कसर बाँकी राखेका थिएनन् । कुनै समयमा कमिने र हैदर जस्ता फिल्म मार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबीर सिंह पाए । त्यसपछि रिलिज भएको उनको फिल्म हो ‘जर्सी’। यो फिल्म तेलुगु फिल्म जर्सी’ कै रिमेक हो । 

स्वास्थ्यमा समस्या आउँदा र नातावादसँगै कृपावादको कारण नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन तलवार (शाहिद कपूर)  नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा क्रिकेट खेल्छन् । कथा यही हो । यसैलाई पटकथा दिएर तयार गरिएको छ जर्सी । फिल्म सुरु हुन्छ अर्जुनको कथाबाट । सन् १९७९ देखि ८६ सम्मको समयका उत्कृष्ट खेलाडी हुन् अर्जुन । आफ्नो क्षमता र खेलले नाम पाएका अर्जुन नेशनल टिममा भने पर्दैनन् । त्यहाँ उनलाई कोच माधव शर्मा (पंकज कपूर) ले सपोर्ट गरिरहेका छन् । यद्यपि अर्जुनको नेशनल टिमको जर्सी लगाएर मैदानमा खेल्ने सपना पुरा हुँदैन  । यसैबीच उनको प्रेमिका विद्या ( मृणाल ठाकुर) सँग विवाह हुन्छ । 

वैवाहिक जीवनमा रहेर पनि क्रिकेटमा संघर्ष गरिरहेका अर्जुनले एक दिन आफूले क्रिकेट छाड्ने निर्णय सुनाउँछन् । अर्जुनको निर्णयले उनको पत्नी विद्यासँगै कोच लगायत साथीलाई समेत आश्चर्यमा पार्छ । नेशनल टिममा पर्न नातावाद, कृपावाद नभएपछि खेल जीवन छाडेको अनुमान धेरैले लगाउँछन् । तर अर्जुन खेल छाडेर जागिर गर्छन् । तर, एक दिन उनलाई घुस लिएको आरोप लाग्छ । 

विद्यासँगै छोरा केतन (रोनित कामरा) को जिम्मेवारी शाहिदले बहन गर्न सक्दैनन् । कानुनी न्यायका लागि अदालतमा मुद्दा लड्दा उनीसँग बाँकी अब केही छैन । एउटा भएको मोटरसाइकल पनि बैंकमा छ । यस्तो अवस्थामा उनले परिवारको जिम्मेवारी बहन नै गर्न सक्दैनन् । जसले गर्दा परिवारको दायित्व आउँछ, उनकी पत्नी विद्या माथि । त्यसपछि सुरु हुन्छ फिल्मको कनफ्लिक्ट । 

आफ्नो अवस्थालाई नजरअन्दाज गरिरहेका शाहिदसँग आफ्नो जन्मदिनमा छोराले जर्सी माग्छन् । ‘मसँग जर्सी भएको भए, म टिमको क्याप्टेन बन्ने थिए । मलाई जर्सी नभएकै कारण टिमको क्याप्टेन बन्न दिइएन’ केतनले भन्छन् । क्रिकेटर रहिसकेका शाहिदलाई छोराको यो संवादले छुन्छ । उनले बर्थडेमा जर्सी दिने वचन दिन्छन । तर, उनिसँग पैसा छैन । 

छोरालाई जर्सी दिनकै लागि उनले क्रिकेट खेल्छन् । तर, त्यो सबै पैसा च्यारेटीमा जान्छ । पत्नी विद्यासँग पैसा माग्छन । तर, घर चलाउन मुस्किल भएकाले विद्याले पैसा दिन मान्दिनन् । उनको साथीभाईसँग पनि पैसा छैन । फलत: छोराले पहिलो पटक मागेको जर्सी उनले दिन सक्दैनन् । 

अर्जुनले आफ्नो क्रिकेट खेल्ने सपना छोरा केतनमा देखेका हुन्छन । यद्यपि जर्सी नै दिन नक्सदा उनले भोग्ने मनोविज्ञान सहज छैन । यतिसम्मकी आफ्नो जागिर फिर्ता पाउन अदालतमा केस लड्न समेत पैसा उनीसँग छैन । 

त्यसपछि अर्जुनले आफ्नो स्तर सुधार्ने उपाए क्रिकेट देख्छन् । रणजी ट्रफीमा एउटा नाम बनाइसकेका अर्जुनलाई क्रिकेटमा ल्याउन मदत गर्छन् , कोच माधवले । किनकी आफ्नो सफलता समेत उनले अर्जुनमा देखेका हुन्छन् । अर्जुनले पुनः मेहनत गर्छन् । तर, उनलाई टिममा हुन् सजिलो छैन । किनकी नयाँ उदयमान खिलाडी भन्दा उनी उमेरमा सिनियर छन् । उनी अन्य खेलाडी रिटायर्ड हुने समयमा आफ्नो खेल जीवनलाई पुनः सुरुवात गर्दैछन् । र परिवारको समेत साथ् छैन । 

किनकी अर्जुनले क्रिकेट खेल्न सुरु गरेपछि छोरा केतनको हेरचाह दायित्व समेत विद्यामा छ । तर , दशक अगाडि आफ्नो खेल मार्फत सबैको मन जितेका अर्जुनले त्यही सुरुवात गर्छन् । उनलाई मैदानमा केवल विकेट बचाउन पठाएइको हुन्छ तर उनले दर्शकपछि वापसी गरेको खेलमै रनको वर्षा गराउन सफल हुन्छन् । यो देखेर टिमका हेड कोचले प्रश्न पनि गर्छन् , ‘तिम्रो कारणले टिमलाई अप्ठ्यारो पर्न सक्थ्यो ‘ अर्जुनले जवाफ दिन्छन् , ‘मैले तपाइँले भनेकै गरे । विकेट बचाएको हुँ ।’

त्यो खेलपछि अर्जुन टिमकै फेवरेट हुन्छन् । उनले हरेक खेलमा पाउने सफलताले पुरानै अर्जुनको क्रेज फर्काउछ । अब उनको खबर पत्रिकाको फ्रन्ट पेजमा आउन थालेको छ । यद्यपि उनकी पत्नी विद्या खुशी छैनन् । छोरा केतनले बुवा अर्जुनमा हिरो देखेता पनि विद्याले भने भेटेर नै क्रिकेट नखेल्न आग्रह गर्छिन् । खेलकै क्रममा अर्जुन विरामी भएपछी विद्याले आफू सहितको परिवार वा क्रिकेट रोज्न भन्छिन् । त्यसपछि घरमै बसिरहेका शहिदलाई खेलमा फर्किने प्रेरणा बन्छन् छोरा केतन । 

अर्जुनले आफ्नो भविष्य छोरा केतनमा देखेर क्रिकेटमा लागेका हुन्छन् । क्रिकेट खेलिरहेका बालकको आइडल आफू भएको देख्दा र आफूले क्रिकेट नखेलेको यथार्थलाई अर्जुनले सहन गर्न सक्दैनन् । त्यसपछि अर्जुनले क्रिकेट खेल्छन ? उनको पत्नी विद्याले क्रिकेट खेल्न सपोर्ट गर्छिन् ? अर्जुनले छोरा केतनलाई जर्सी दिलाउन सक्छन ? यो यस्तै प्रश्नको उत्तर फिल्ममा पाइन्छ । 

फिल्मलाई तेलुगु फिल्मकै निर्देशक गौतम तिन्ननुरीले निर्देशन गरेका हुन् । अर्जुनको क्यारेक्टरलाई शहिदले जीवन्त बनाएका छन् । फिल्ममा देखाइएको रिटायर्ड लाइफको सक्सेस स्टोरीलाई शाहिदले आफ्नो तर्फबाट कम्जोर हुन् दिएका छैनन् । उनले क्रिकेटर र पिता अर्जुनको भूमिकालाई जीवन्त बनाएका छन् । उनीसँग स्क्रिनमा देखिने मृणाल, पंकज लगायतका अन्य कलाकारहरुले पनि अभिनय मार्फत मन जित्न सफल छन् । 

केही दृश्यमा मृणाल अवास्भाविक देखिन्छिन् । त्यस बाहेक उनले आफ्नो क्यारेक्टरलाई कम्जोर हुन् दिएका छैनन् । तर, तेलुगु फिल्मकै शैलीमा फिम्लाई ‘फ्रेम ट’ फ्रेमु बनाउदा इमोसन कम देखिन्छ । घटनाक्रम बढ्दै गर्दा केही अस्वाभाविक लाग्छ । बाइक चलाउने अर्जुनसँग पाँच सय रुपैयाँ नहुनु अस्वाभाविक छ । यतिमात्र नभई उनका साथीहरुसँग पनि पैसा नहुनु झनै अस्वाभाविक । किनकी बेलाबखतमा ती साथीहरुले मदिरा पार्टी समेत गरिरहेका हुन्छन् । 

तेलुगु फिल्मलाई बलिउड शैलीमा स्क्रिनप्ले तयार गरेको भए । सायद फिल्म अझैँ राम्रो बन्न सक्थ्यो । तर, शहिदकै अघिल्लो फिल्म कबिर सिंह झैं दुरुस्तै बनाउन खोज्दा कथाले दर्शकलाई बाध्न सक्दैन् । फिल्ममा पूर्ण रुपमा क्रिकेट नभएकाले यो क्रिकेट ड्रामा पनि होइन । यसमा केवल एउटा होनहार क्रिकेटरको कथा देखाईएको छ । 

तेलुगु निर्देशक भएकाले पनि गौतमले त्यहि शैलीमा काम गराएका छन् । कलाकारले बोलेको डायलगको भाव अनुहारमा देखिन्छ । यद्यपि त्यो डायलग रहेको स्क्रिन प्लेको कथामा दर्शक कन्भिन्स हुन गाह्रो छ ।

शान्त, अन्तर्मुखी मानिसको यात्रा प्रेरणादायक छ । यद्यपि तेलुगु फिल्मलाई दुरुस्त बनाउँदा ‘जर्सी’ को आफ्ना स्वाद छैन । यो त साउथको बासि परिकार झैँ भएको छ । शाहिदको अभिनय हेर्न चाहने दर्शकलाई फिल्मले जेनतेन बाँधला तर फिल्मको समग्र कथाले २ घण्टा  मिनेटको समय हलमा टिकाउन मुस्किल छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ४ : २० बजे

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा– राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल

छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?

सन् १८५१ डिसेम्बर २ को रात १७ वर्षीय फ्रेडरिक अगस्ट

सागसब्जीका बेर्ना बेचेर एकै याममा दुई लाख आम्दानी

म्याग्दी– विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै

पूर्वगृहमन्त्री लामिछानेलाई चौथोपटक म्याद थपका लागि कास्की अदालत लगिँदै

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा गोर्खा मिडिया नेटवर्कका