अफगानिस्तानमा कुपोषण बढ्यो « Khabarhub

अफगानिस्तानमा कुपोषण बढ्यो


१० बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अफगानिस्तानमा मानवीय संकट गहिरिँदै जाँदा बदघिस प्रान्तमा कुपोषण ह्वात्तै बढेको तथ्यांक सार्वजनिक भएको छ ।

बदघिस प्रान्तका जनस्वास्थ्य विभाग अन्तर्गत कुपोषण शाखाका अध्यक्ष अब्दुल रउफ सबरीले उक्त प्रान्तमा बालबालिकामा कुपोषण ५० प्रतिशतले बढेको जानकारी दिएका हुन् ।

‘तथ्यांकले गत वर्षभन्दा ५० प्रतिशतले वृद्धि भएको देखाएको छ ।’ सबरीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले जनाएको छ ।

विभागका अनुसार पछिल्ला तीन महिनामा २ हजार भन्दा धेरै कुपोषित बालबालिकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ मानवीय संकट तीव्र गतिमा बिग्रदो क्रममा रहेको बताइएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७९, शनिबार  ७ : ०१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार