तस्वीर- खामाप्रेस अफगानिस्तान

अन्तर्राष्ट्रिय

अफगानिस्तानमा कुपोषण बढ्यो

By खबरहब

April 23, 2022

काठमाडौं– अफगानिस्तानमा मानवीय संकट गहिरिँदै जाँदा बदघिस प्रान्तमा कुपोषण ह्वात्तै बढेको तथ्यांक सार्वजनिक भएको छ ।

बदघिस प्रान्तका जनस्वास्थ्य विभाग अन्तर्गत कुपोषण शाखाका अध्यक्ष अब्दुल रउफ सबरीले उक्त प्रान्तमा बालबालिकामा कुपोषण ५० प्रतिशतले बढेको जानकारी दिएका हुन् ।

‘तथ्यांकले गत वर्षभन्दा ५० प्रतिशतले वृद्धि भएको देखाएको छ ।’ सबरीलाई उद्धृत गर्दै अफगानिस्तानको टोलो टेलिभिजनले जनाएको छ ।

विभागका अनुसार पछिल्ला तीन महिनामा २ हजार भन्दा धेरै कुपोषित बालबालिकाहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

गत वर्षको अगष्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता त्यहाँ मानवीय संकट तीव्र गतिमा बिग्रदो क्रममा रहेको बताइएको छ ।