भारत– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ अन्तर्गत शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्समाथि आठ रनको जित निकालेको छ ।
गुजरातले दिएको १५७ रनको लक्ष्य कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।
कोलकाताका आन्द्रे रसेलले सर्वाधिक ४८ रन बनाए । यस्तै, रिन्कु सिंहले ३५, वेन्कटेस ऐयरले १७ रनको योगदान गरे ।
गुजरातका मोहम्मद सामी, राशिद खान, यस दयलले समान दुई विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५६ रनको योगफल तयार पारेको थियो ।
गुजरातका कप्तान हार्दिक पड्याले सर्वाधिक ६७ रन बनाए । यस्तै, डेविड मिलरले २७, रिद्धिमान साहले २५ रनको योगदान गरे ।
जितसँगै सात खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ । यस्तै, आठ खेलबाट ६ अंक जोडेको कोलकाता सातौँ स्थानमा छ ।
प्रतिक्रिया