सर्लाहीको बरहथवाको मेयर उपमेयरमा एमाले विजयी « Khabarhub

सर्लाहीको बरहथवाको मेयर उपमेयरमा एमाले विजयी


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको बरहथवा नगरपालिकामा नेकपा एमालेले जित हासिल गरेको छ । एमालेको तर्फबाट बरहथवा नगरपालिकाको प्रमुखको पदमा उम्मेदवारी दिएकी कल्पना कटुवाल विजयी भएकी हुन् ।

कटुवालको जितसँगै जिल्लामा एमाले पार्टीले एक स्थानमा प्रमुख र उपप्रमुख पाएको छ । जिल्लाको पहिलो महिला मेयरमा निर्वाचित कटुवालले ५ हजार ६०७ मतान्तरले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार एवं निवर्तमान मेयर देवानन्द महतोलाई पराजित गरेकी हुन् ।

मेयरमा निर्वाचित कटुवालले १२ हजार २७३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महतोले ६ हजार ६६६ मत मात्र पाएर पराजित हुन पुगे । निर्वाचित कटुवाल २०७४ सालको स्थानीय तह निर्वाचनमा महतोसँगै पराजित भएकी थिइन् ।

उपमेयरमा पनि एमालेका उम्मेदवार रामबाबु प्रसाद साह विजयी भएका छन् । साहले २ हजार ७८४ मतान्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहाललाई पराजित गरे । उपप्रमुखमा निर्वाचित साहले ९ हजार ९०१ मत प्राप्त गर्दा निकटतम दाहालले ७ हजार ११९ मतमात्र प्राप्त गरिन् ।

यस्तै बरहथवा नगरपालिकाको वडाध्यक्ष पदमा एमालेका ७ जना, नेपाली कांग्रेसका ६ जना, जनता समाजवादीका २ जना र माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, बहुजन एकता पार्टी नेपाल एक-एक जना विजयी भएका छन् ।

योसँगै जिल्लामा नेपाली कांग्रेसले १२ पालिकामा विजयी भएको छ । माओवादी केन्द्र ४ पालिकामा र जनता समाजवादी दुई पालिकामा र लोकतान्त्रिक समाजवादी र नेकपा एमाले एक/एक पालिकामा विजयी भएका हुन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ११ : २२ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर