विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा « Khabarhub

विजय उत्सव मनाउन गाउँपालिकाभर सार्वजनिक बिदा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- रुपनी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत र विजय उत्सव मनाउन आज रूपनी गाउँपालिकाले  सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अरविन्द चौधरीले सोमबार सूचना जारी गर्दै पालिकाभरका सरकारी कार्यालय, संघसंस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सबै कार्यालय बन्द गर्न सार्वजनिक बिदा दिएका हुन् ।

अधिकृत चौधरीले नवनिर्वाचित अध्यक्ष दिनेशकुमार यादवको निर्देशनमा बिदा दिएको सूचनामा उल्लेख गरेका छन्।

रुपनी गाउँपालिकाको स्थानीय तहको निर्वाचनको परिणाम ८ वैशाखमा आएको थियो । नवनिर्वाचित अध्यक्षले पदभार ग्रहण नगरे पनि बिदाको लागि निर्देशन भने दिएका छन्। 

 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १२ : ४३ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको