सुमन शेखरको उर्दू गजल टी-सिरिजबाट सार्वजनिक « Khabarhub

सुमन शेखरको उर्दू गजल टी-सिरिजबाट सार्वजनिक


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायक सुमन शेखर मानन्धरको स्वरमा सजिएको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ ।

No description available.

टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ । 

मुख्य गरी मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दू भाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखेको गीत निर्माणमा संलग्न टिमको धारणा थियो । गीतकार तथा संगीतकार इम्तियाज वफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्‍याउने विश्वास व्यक्त गरे ।  यसैगरी, गायक सुमन शेखरले भारतीय उपमहाद्वीपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दू भाषी जनतालाई नेपाल बोलाउने अभिप्राय सहित गीत तयार गरेको जानकारी गराए ।  कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइले आफूलाई उर्दू गीत गजल र शायरीमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए । 

‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो । यो गीतले कम्तिमा पनि रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने हाम्रो अपेक्षा छ, ’उनले भने, ‘भावनाको अभिव्यक्तिसँगै संगीतलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने लागेर हामीले यो गीत हिन्दी र उर्दूमा तयार गरेका हौँ ।’ उनको कुरामा सही थाप्दै निर्देशक जनकदीप पराजुलीले टी सिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे । 

कार्यक्रममा गीतलाई शुभकामना दिन पुगेका वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मेहनतको प्रशंसा गरेका थिए । नीर शाहले आफू पनि गीत संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखेका थिए ।

‘कसैलाई लाग्ला हिन्दी गीतको किन यति चर्चा तर म भन्छु हामी उनीहरूको मनमा बस्ने उनीहरूकै भाषा र शैली प्रयोग गरेर बस्ने हो । यस्तो गर्दा कसैले अराष्ट्रिय भन्छ कि भन्ने पिर गर्नु पर्दैन, ’नीर शाहको भनाइ थियो । संजीव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको रहेको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १ : ३० बजे

सङ्कटका बेला एकताबद्ध हुन कांग्रेस महामन्त्री पौडेलको अपिल

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुलुक सङ्कटमा परेका

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

फरक मत राख्नेविरुद्ध ‘साइबर बुलिङ’ : बलात्कार र हत्याको धम्की दिनेलाई कसले गर्ने कारवाही ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत सेवा पुनः सञ्चालन

रसुवा– चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सुचारु भएको

काठमाडौँका तत्कालीन सिडिओ छवि रिजाल पक्राउ

काठमाडौँ – जेनजी आन्दोलनताताका काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सिडिओ छवि