डाक्टर स्ट्रेन्जको सिक्वेल बन्यो सर्वाधिक कमाउने दोस्रो फिल्म  « Khabarhub

डाक्टर स्ट्रेन्जको सिक्वेल बन्यो सर्वाधिक कमाउने दोस्रो फिल्म 


९ जेष्ठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारी पश्चात ओटीटीमा दर्शक बढे । लगानी पनि त्यही अनुसार ओटीटीमा थपियो । नयाँनयाँ कन्टेन आउन थालेपछि दर्शक पुनः हलमा आउने हो कि होइनन् भन्ने बहस नै भयो । किनकी दर्शकलाई आफ्नो समय अनुसार फिल्म हेर्ने बानी लागिसकेको थियो । 

साथै, हलमा आएको  केही समयमै प्रतीक्षित फिल्म पनि ओटीटीमा आउन थाले । यसले गर्दा कोरोना भाइरसको महामारी पश्चात हलको भविष्य के होला रु भन्ने चर्चा धेरै नै भयो ।

यद्यपि प्रदर्शनमा आएका केही फिल्मले त्यो चिन्ता हटाए । स्पाइडर म्यान : नो वे होम , जेम्स बोन्ड : नो टाइम टु डाइ जस्ता फिल्मले दर्शकलाई हलमा ल्याउन सफल भए । 

यही दौडमा डाक्टर स्ट्रेन्ज : मल्टीभर्स अफ म्याडनेस पनि अगाडि आएको छ । महामारीपछि बक्स अफिसमा कमाउने फिल्मको लिस्टमा यो दोस्रो स्थानमा पर्न सफल भएको छ । विश्वभरबाट ८ सय ३ करोड अमेरिकी डलर कमाइ गर्दै फिल्मले दोस्रो स्थान प्राप्त गरेको हो । ‘डाक्टर स्ट्रेन्ज : मल्टीभर्स अफ म्याड्नेस ’ले घरेलु बजारबाट २ सय ४२ करोड अमेरिकी डलर कमाएको हो भने विदेशी बजारमा ४ सय ६१ करोड कमाएको हो ।

पहिलो स्थानमा ‘स्पाइडरमेनस् नो अवे होम’ रहेको छ । यो फिल्मले १० अर्ब ८९ करोड डलर कमाइ गरेको थियो । महामारीको समयमा प्रदर्शन भएका फिल्ममध्ये यसअघि दोस्रो स्थानमा जेम्स बन्ड सिरिजको ‘नो टाइम टु डाई’ रहेको थियो । यो फिल्मले विश्वभरबाट ७ सय ७४ करोड कमाएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार  २ : ३१ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने