पोखरा महानगरमा गठबन्धनका आचार्य विजयउन्मुख « Khabarhub

पोखरा महानगरमा गठबन्धनका आचार्य विजयउन्मुख


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । वैशाख ३१ गतेदेखि सुरु भएको गणनामा कूल एक लाख ४३ हजार २२६ मत खसेकामा आज मध्यान्ह १२ः३० बजेसम्म एक लाख २५ हजार ५२० मतको गणना सकिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज रातिसम्म पोखराका सबै वडाको अन्तिम परिणाम सार्वजनिक हुने जनाएको छ । पोखरामा अब १७ हजार ७०६ मत गन्न बाँकी छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिलेसम्मको अद्यावधिक विवरणअनुसार सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले चार हजार २९ मतको अग्रता बनाएका छन्। 

आचार्यले ५० हजार ६१२ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी नेकपा (एमाले) का कृष्णबहादुर थापाले ४६ हजार ५८३ मत प्राप्त गर्नुभएको छ । गणना अन्त्यतिर पुग्नै लाग्दा आचार्यले मतान्तर फराकिलो बनाएका हुन्। 

मतगणनाको सुरुआतदेखि नै अग्रता बनाएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल भए ।महानगर प्रमुखमा राप्रपाका शङ्कर खरालले पाँच हजार ३३७ मत प्राप्त गर्नुभएको छ । यसैगरी स्वतन्त्र उम्मेदवार गनेश पौडेलको दुई हजार ८६४ मत ल्याएका छन्। 

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा (एमाले) का उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता कायमै छ । गुरुङले ५३ हजार १७३ मत प्राप्त गरी अग्रता बनाउँदा उनका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४९ हजार ५८६ मत रहेको छ । गठबन्धनका उम्मेदवार रानाभाट तीन हजार ५८७ मतले पछाडि परेका छिन्। 

मतगणनाको सुरुआती चरणदेखि अग्रता बनाएकी रानाभाटलाई अन्तिम चरणमा गुरुङले पछि पारिन् । उपप्रमुखमा राप्रपाका रञ्जना सेनको पाँच हजार ३१८ मत रहेको छ । पोखरामा हालसम्म २५ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १८ वडामा जित हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ । अहिले वडा नं  १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  १ : ३९ बजे

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालले भोगेको प्राकृति विपत्तिपछिको पुनरुत्थान

अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि, ४.७ प्रतिशत पुग्यो

क्यानबेरा– अस्ट्रेलियामा सेप्टेम्बर महिनामा बेरोजगारी दर बढेर ४.७ प्रतिशत पुगेको