जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का « Khabarhub

जजिराको जहाजमा चरा ठोक्किएको आशङ्का


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको कुवेतको वायुसेवा कम्पनी जजिरा एयरवेजको जहाजमा आज बिहान १ः४५ बजे चरा ठोक्किएको आशङ्का गरिएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रवेश अधिकारीले अहिले सो जहाज उक्त विमानस्थलमा ग्राउण्डेड गरिएको बताए।

उनले भने, “जहाज सकुशल अवतरण भएको छ, जहाजमा ‘बर्ड स्ट्राइक’ भएको छ, जहाजमा केही रगतका छिटा जस्ता पनि देखिएका छन्, चरा भेटिएन, कतै चरा इन्जिनमा छिरेको आशङ्काले प्राविधिक टोली आएर जाँच गरेपछि जहाज उडाइनेछ ।”

यस विषयमा अहिले अनुसन्धान भइरहेको बताइएको छ । उक्त जहाजमार्फत कुवेत हुँदै विभिन्न मुलुक जान विमानस्थल पुगेका यात्रुलाई जहाज कम्पनीले होटलमा राखेको बताइएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त जहाजमार्फत भैरहवा–कुवेत जाने यात्रुको सङ्ख्या ३८ छ । उक्त कम्पनीले यही जेठ २ गतेदेखि उक्त विमानस्थलबाट नियमित उडान सुरु गरेको हो ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि