१५ जेठदेखि यार्सा संकलन खुला « Khabarhub

१५ जेठदेखि यार्सा संकलन खुला


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेकाे छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधारणले यार्सा संकलन गर्न सक्नेछन् ।    

वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । 

उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई  हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ । मुगुम कार्मारोङ्ग गाँउपालिका-२ मुगु गाउँको रिमाण, ठुलोकोईकी, सानो काेईकी, छापाखोला, र्चाकु लगायत वनमा यार्सा पाइन्छ । 

यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा छलफल गरिनेछ ।

यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल पुग्ने कार्य नगर्न आग्रह गरेको छ ।

यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लास्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चाेरी निकासी नगर्न आग्रह गरेकाे गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : १८ बजे

केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको परिणामअनुसार उपमहासचिव पदमा पराजित विष्णु

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल नेकपा एमालेको

कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन्