१५ जेठदेखि यार्सा संकलन खुला « Khabarhub

१५ जेठदेखि यार्सा संकलन खुला


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुम कार्मारोङ्ग गाँउपालिकाले १५ जेठदेखि मुगुमको पूर्वी करान भेगमा यार्सागुम्बु संकलन गर्न खुला गरेकाे छ । यसअवधिमा जिल्ला भित्र र बाहिरबाट आउने सर्वसाधारणले यार्सा संकलन गर्न सक्नेछन् ।    

वन प्रवेशका लागि गाउँपालिकाले कर उठाउने र कर बुझाएका संकलनकर्ताले १५ जेठबाट वन प्रवेश गर्न पाउने मुगुम कार्मारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले बताए । 

उनका अनुसार जिल्ला भित्रका सर्वसाधारणबाट प्रति व्यक्ति दुई  हजार र बाहिर जिल्लाबाट आउने संकलनकर्ताबाट २५ सयका दरले गाउँपालिकाले कर उठाइने भएको छ । मुगुम कार्मारोङ्ग गाँउपालिका-२ मुगु गाउँको रिमाण, ठुलोकोईकी, सानो काेईकी, छापाखोला, र्चाकु लगायत वनमा यार्सा पाइन्छ । 

यार्साबाट उठेको रकम गाउँपालिकामा जम्मा हुने र पछि गाउँपालिको बोर्ड मिटिङमा छलफल गरी कहाँ कसरी खर्च गर्ने भन्ने विषयमा छलफल गरिनेछ ।

यार्सा संकलनको समयमा वन प्रवेशपछि वातावरणमा खलल पुग्ने कार्य नगर्न गाउँपालिकाले आग्रह गरेको छ । १५ जेठबाट यार्सा संकलनको समय अवधिभर वातावरणलाई खलल पुग्ने कार्य नगर्न आग्रह गरेको छ ।

यार्सा संकलनका क्रममा जथाभावी सिसा, प्लास्टिक नफाल्न र रुख बिरुवा नकाट्न, चाेरी निकासी नगर्न आग्रह गरेकाे गाउँपालिकाले जनाएको छ । 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ३ : १८ बजे

५० वर्षपछि पुनः चन्द्रमातर्फ मानव पाइला : आर्टेमिस-२ को सफल प्रक्षेपण

काठमाडौँ – ५० वर्षभन्दा बढी समयपछि चन्द्रमाको परिक्रमा गर्ने पहिलो

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

लुम्बिनी– सरोकारवालाहरुले बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण रहेको

आज चैत्र शुक्ल पूर्णिमा, हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान

पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजदेखि संसद् अधिवेशन : के छ कार्यसूची ?

काठमाडौँ – गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि