वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको फराकिलो अग्रता « Khabarhub

वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको फराकिलो अग्रता

एमालेका सरावगी १८ हजार ७५८ मतले पछाडि


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार ७५८ मतान्तरले अग्रता लिएका छन्।

गठबन्धनका उम्मेदवार सिंहले (चुनाव चिह्न छाता) ३८ हजार ४३७ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् भने नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १९ हजार ६७९ मतसहित उनी सँग प्रतिस्पर्धामा छन्। हालसम्म ७७ हजार ५५७ मतगणना भएको हो । 

महानगरपालिकामा हालसम्म विभिन्न १६ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरपालिकामा अन्य वडाको मतपरिणाम आउन बाँकी छ ।

 महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीचको गठबन्धनबाट सिंह उम्मेदवार बनेका छन्। 

त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको गठबन्धनबाट प्रमुखमा सरावगी उम्मेदवार बनेका हुन्। 

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  २ : ५४ बजे

केन्द्रीय सदस्यमा पनि पराजित भए ओलीनिकट बराल र रिमाल

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको परिणामअनुसार उपमहासचिव पदमा पराजित विष्णु

विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं- अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र विष्णु रिमाल नेकपा एमालेको

कांग्रेसबाट अबको प्रधानमन्त्री मधेशबाटै बनाउने सङ्कल्प गरौँ : गुरु घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका नेता गुरु घिमिरेले पार्टीको महाधिवेशन आगामी यात्राका

१७ सय २१ मतसहित एमाले केन्द्रीय कमिटीमा आए सुहाङ नेम्बाङ

काठमाडौं– इलामका युवा नेता सुहाङ नेम्वाङ नेकपा एमालेको केन्द्रीय सदस्य भएका

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौं– विभिन्न शहरबाट अवैध लागूऔषधसहित १९ जना पक्राउ परेका छन्