खोटाङकी पहिलो महिला मेयरको पहिलो निर्णय- अशक्तको निस्शुल्क स्वास्थ्य बिमा | Khabarhub Khabarhub

खोटाङकी पहिलो महिला मेयरको पहिलो निर्णय- अशक्तको निस्शुल्क स्वास्थ्य बिमा


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा नयाँ मेयर निर्वाचित भएर आए लगत्तै शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक विहीन बालबालिकाको लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ ।

नवनिर्वाचित मेयर विमला राईले सोमबार पदभार ग्रहण लगत्तै एकल महिला, एकल पुरुष, बिधुवा, विधुर, ‘ख, ग र घ’ वर्गको अपाङ्गता भएका नागरिक तथा अभिभावक विहीन बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो ।

हलेसी तुवाचुङ नगरपालिका- ३ च्यास्मीटारका (ग) वर्गको अपाङ्गता भएका रमला राई र हलेसी तुवाचुङ नगरपालिका- ८ धितुङका विदुर दर्जीमान परियारलाई निःशुल्क स्वास्थ्य बिमाको कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको सुरुवात गरिएको छ । एक पटक स्वास्थ्य बिमा गरेपछि वार्षिक न्यूनतम ३ हजार ५०० रुपैयाँ तिरेर स्वास्थ्य बिमा कार्ड नवीकरण गर्ने व्यवस्था छ ।

तर शारीरिक रूपमा अशक्त, एकल नागरिक र अभिभावक गुमाएका बालबालिकाको स्वास्थ्य बिमाको नवीकरण नगरपालिकाकोतर्फबाट गर्ने व्यवस्था मिलाइएको नवनिर्वाचित मेयर राईले बताइन् । नगर अस्पताल निर्माण गरेर आफ्नै नगरपालिकामा स्वास्थ्य बिमा बापतको स्वास्थ्य सेवा उपलब्ध गराउने गरी निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम अघि सारिएको जनाइएको छ ।

११ वडा रहेको नगरपालिकामा एकल महिला र बिधुवा ७ सय जना छन् । (ख) वर्गका अपाङ्गता भएका व्यक्ति ११७ जना, (ग) वर्गका अपाङ्गता भएका व्यक्ति ६८ जना र (घ) वर्गका अपाङ्गता भएका व्यक्ति ६३ जना छन् । विदुर र अभिभावक विहीन बालबालिकाको संख्या संकलन भइरहेको मेयर राईले बताइन् ।

नगर योजना आयोग गठनको प्रस्ताव

मेयर राईले पदभार ग्रहण लगत्तै नगर योजना आयोग गठन, विज्ञ समूहद्वारा नगर स्तरीय सम्पदा तथा संस्कृति संरक्षण परिषद् गठन सम्बन्धी अवधारणा विकास गर्ने योजना अघि सारेकी छन् । यस्तै, नागरिक माथि शासनका लागि प्रशासन होइन, आधुनिक प्रविधि व्यवस्थापन प्रणालीमार्फत सेवा प्रवाह सहित संस्थागत संरचनाको विकास गर्ने, प्राविधिक शिक्षालाई जोड दिँदै केही आधारभूत विद्यालय तहमा अंग्रेजी माध्यमबाट पठन-पाठनको सुरुवात गर्ने प्रस्ताव गरेकी छन् ।

पाँच बुँदे योजनामा नगरका नागरिकलाई कृषि, पर्यटनमा संलग्न गराउँदै कपास खेती, पशुपालन क्षेत्रमा स्वरोजगार बनाइने भनिएको छ ।२०७४ सालमा उपमेयर विजयी भएकी राई यसपल्ट मेयरमा विजयी भएकी हुन् । मेयर राईले सोमबार उपमेयर रमेश राउत, वडाध्यक्ष लगायतलाई पद तथा गोपनीयताको शपथ खुवाएकी छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ७ : ३१ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक