जोसँग हारे उसैलाई हराउँदै मेयर बने मनोज साह  « Khabarhub

जोसँग हारे उसैलाई हराउँदै मेयर बने मनोज साह 


९ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् ।

कांग्रेस छोडेर स्वतन्त्र उम्मेदवारी दिएका साह १३ हजार ४६५ मत ल्याई विजयी भएका हुन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उम्मेदवार शिवशंकर साह भन्दा ३,९३३ बढी मत ल्याएर विजयी भए । पराजित शिवशंकर साहले ९,५३२ मत ल्याएका छन् ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गरेकाले कांग्रेसले जनकपुरमा मेयर नपाउने भएपछि मनोजकुमारले राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यस्तै गठबन्धनबाट जनकपुरधामको प्रमुख पदमा उम्मेदवार तथा पुर्व मेयर जसपाका लालकिशोर साह चौथो स्थानमा रहँदै पराजित भए । गठबन्धनका तर्फबाट जसपाका साहले ५ हजार १ सय ९४ मत ल्याए ।

उनीभन्दा अगाडि रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए । २०७४को स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टीबाट निवर्तमान मेयर लालकिशोर साह तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार बनेका हालका निर्वाचित मनोज साहलाई नै झन्डै ११ हजार मतान्तरले पराजित गरी नगरप्रमुखमा निर्वाचित भएका थिए ।

यस्तै जनकपुरधामको उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोरी साह १५ हजार ५२५ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रुणादेवी झाले १० हजार ८८५ मत पाइन् । जनकपुरधाम उपमहानगरपालिकाका २५ मध्ये अधिकांशमा नेपाली कांग्रेसका वडाध्यक्ष निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७९, सोमबार  ८ : ४३ बजे

खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै

काठमाडौं– बजारमा खानेतेल, खाना पकाउने ग्यासलगायत सामग्रीको कृत्रिम अभाव देखिएपछि

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकपमा दक्षिण अफ्रिकाको विजयी सुरुवातः क्यानडा ५७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत सोमबार राति भएको खेलमा

टी–२० विश्वकप : पाकिस्तानले गर्‍यो भारतसँग खेल्ने निर्णय

काठमाडौं – सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा भारतविरुद्धको

व्हाट्सएपमा एआई पहुँच सुनिश्चित गर्न मेटालाई निर्देशन

ब्रसेल्स – युरोपेली सङ्घले मेटालाई आफ्ना ‘व्हाट्सएप’ प्लेटफर्ममा कृत्रिम बुद्धिमत्ता