दाँत दुख्ने र सास गन्हाउने समस्या समाधानको उपाय | Khabarhub Khabarhub

दाँत दुख्ने र सास गन्हाउने समस्या समाधानको उपाय



हामी सामान्य टाउको दुखाइलाई पनि महत्त्व दिन्छौं। कतै छालामा चोट लाग्यो भने पनि उपचारको चिन्ता गर्छौं। तर, जीवनको सबैभन्दा महत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौं। मुख र दाँतको स्वास्थ्य निकै महत्त्वपूर्ण हुन्छ।

हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौं भने समयभन्दा अघि नै दाँत रोगी हुने र सास गन्हाउनेजस्ता समस्या सुरु हुन्छ। यतिमात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सक्दैनौँ। सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुनसक्छ।

सास गन्हाउने समस्या
सास गन्हाउने समस्यालाई हामीले भन्दा रोग आफूलाई समस्या अरुलाई भन्ने गर्छौ।। सम्बन्धित व्यक्ति जसको सास गन्हाउँछ उहाँहरु मध्ये कसैले आफै थाहा पाउनु हुन्न, कसैले जानकारी पाएर पनि थाहा नभएको जस्तो गर्नु हुन्छ भने कोही जानकारी पाएर धेरै चिन्तित भएको पाइन्छ।

हामीले यस्ता तीन किसिमका बिरामी पाउने गर्छौ। तपाईंले नाकबाट वा मुखबाट तपाईंको छेउछाउमा बस्ने मानिसलाई अप्ठेरो पार्ने गरी गन्ध आउँछ भने त्यसलाई स्वास गन्हाउने समस्या भएको भनिन्छ।

सास गन्हाउने कारण
सास गन्हाउने समस्याको कारण धेरै छन। जसको सुँघ्ने नशामा केही समस्या छ भने वा वृद्ध अवस्थाका व्यक्तिमा यो समस्या आउन सक्छ। तर, वास्तविक रुपमा त्यो सास गन्हाउने समस्या होइन। तर, उहाँहरुको उमेरको कारणले र नशाको कारणले आफनो श्वास गन्ध आएको जस्तो लाग्छ।

९५ प्रतिशत भन्दा बढीमा कारण भएर श्वास गन्हाउने समस्या देखिन्छ। कसैको बिहान उठ्न साथ श्वास गन्ध आउनसक्छ। कोही मानिस मद्यपान, धुम्रपान गर्छ भने उसको सास गन्हाउँछ। कसैले राख्ने, निकाल्ने दाँत राखेको छ तर दाँत लगाएर खाना खान्छ, दाँत लगाएरै सुत्छ, निकालर पनि सफा गर्दैन भने श्वास गन्हाउँछ।

कोही ब्रत बसेको बेला र तारेको भुटेको खाना खादा पनि सास गन्हाउँछ। यो रोगको कारणले भने भएको होइन। यो सबै सामान्य अवस्था हो।

अर्को अवस्था भनेको असामान्य अवस्था हुन्छ। यस्तो अवस्थामा दात तथा मुख सबन्धी कारणले हुनसक्छ, शरीरसंग सम्बन्धित कारणले हुन्छ या शरीरका अन्य विभिन्न अगंमा लागेको रोगको औषधि खाइराख्नु भएको छ भने औषधिको साइड इफेक्टको कारणले पनि सासमा गन्ध आउँछ।

कुनै मानिसमा र्याल आउने ग्रन्थीमा समस्या देखिदा, क्यान्सरको उपचार गर्दा थुक कम निस्कने अवस्था आउँछ, थुक कम निस्कदा सास गन्हाउने समस्या आउँछ।

हामीले श्वास गन्हाउने समस्यालाई सामान्य हो या रोगको प्रतिबिम्बको कारण देखिएको हो भनेर पहिचान गर्नुपर्ने हुन्छ। यदि रोगको कारण हो भने जुन रोग हो त्यसको उपचार गरियो भने यो समस्या हराएर जान्छ।

सामान्य र असामान्य कसरी छुट्याउने ?
सबैभन्दा पहिले त दाँत सबन्धी कारणले हो या शरीरका अन्य रोगको कारणले हो छुट्याउनु पर्छ। तपाईंले १० मिनेट नाक मुख छोपेर राख्नुभयो र नाक खोल्दा गन्ध आएको छ भने त्यो शरीरसँग सम्बन्धि कारणले हुनसक्छ।

तर, मुखबाट गन्ध आयो भने त्यो दाँत तथा मुख सम्बन्धित कारणले हुन्छ। शरीरमा कुनै रोग छैन। तर, सास गन्हाएको आफैलाई थाहा हुन्छ भने सुघ्ने नशामा समस्या भएको हो या धेरै उमेर भएको व्यक्ति हो भनेर छुट्याउनु पर्छ।

यदि अरुलाई पनि सास गन्हाएको महसुस हुन्छ भने शरीरसँग सम्बन्धित कारण हो भनेर बुझनु पर्दछ। सबै शरीर जाचँ गर्दा पनि केही समस्या देखिएन भने सामान्य अवस्था हो।

समस्या बढी हुने उमेर समूह
यो उमेर समूहसँगै मौसममा पनि भर पर्छ। जब विवाह, ब्रर्तबन्धको लगन आउँछ। त्यो बेला यस्तो समस्याका बिरामी आउने गर्छन्। प्राय आउने भनेको बेहुला बेहुली हो। उहाँहरुलाई पहिलेदेखि श्वास गन्हाउने समस्या छ। वा अन्य साथीभाइले भनेका पनि हुन सक्छन। तर, विवाह, ब्रतबन्धको बेलामा बस्दा मानिस नजिक बस्ने गर्छन्। त्यो बेला समस्या हुन्छ भनेर पनि धेरै जना आउनु हुन्छ। अहिले आउने भनेको वयस्क र वैवाहिक जीवनमा बाधिने नै धेरै आउनुहुन्छ। आफैलाई समस्या भयो परिवारलाई समस्या भयो भनेर आउने बिरामी थोरै हुनुहुन्छ।

समयमा उपचार नगर्दाको जोखिम
सास गन्हाउने समस्या पनि रोगको प्रकृति अनुसार फरक फरक हुन्छ, कुनै व्यक्तिले श्वास गन्हाउने समस्या हुँदाहुँदै पनि लापरबाही गर्छ भने जुन अगंको रोगको कारणले श्वास गन्हाएको हो त्यो अगं नै गुमाउनु पर्ने पनि हुनसक्छ। दाँत किराले खाएको छ भने त्यो ठाउँमा खाना अड्किएर बस्छ, त्यही खाना कुहिएर सास गन्हाउने समस्या हुन्छ।

त्यहीबाट निस्कने हाइडेजन सल्फाइड, एमोनिया, मिथाइल मरक्याप्टन भन्छौ त्यो गन्धनै श्वासको गन्ध हो। दाँत किराले खाने समस्याको लापरबाही गर्नुभयो भने यही समस्याले गिजा सुनिने, गाला सुनिन्ने र दाँत नै झर्नेसमेत हुनसक्छ। साथै सेलोलाइटिस, साइनोसाइटिस, क्याबलोथसाइलस थ्रमबसिस भएर त्यहाँ भएको पिप र इन्फेक्सन दिमागसम्म पुग्नेहुन्छ, कसैको दुबै तिरको दाँत किराले खाएको छ भने दुबै तिरबाट पिप जम्मा भएर थिच्दै जान्छ र श्वास फेर्ने नलीनै बन्द हुन्छ।

श्वास बन्द भयो भने त मान्छेको मृत्युसमेत हुन्छ। विभिन्न अनुसन्धानले जिन्जाबाइटिस, हर्सा भएका मानिसमा सुगर हुने, हड्डी कमजोर हुने, मुटु सबन्धी रोग, श्वासप्रश्वास सबन्धी रोग हुने गरेका छन्। दाँत तथा मुखको समस्याले पनि शरीरका समस्या निम्त्याउँछ। शरीरमा कुनै रोग छ है भनेर सूचना दिन सास गन्हाउने समस्या भएको हुनसक्छ।

सावधानी कसरी अपनाउने
दाँत तथा मुखकै कारणले ९० प्रतिशत श्वास गन्ध आउने समस्या आउछ। तर, दाँत तथा मुखमा अड्किएका फोहोरहरुलाई सफा गर्न सकियो भने दाँत तथा मुखमा लाग्ने ९० प्रतिशत रोगलाई रोक्न सकिन्छ। शरीरलाई चाहिने सबै कुरा हामी मुखबाटै खान्छौ, शरीरको प्रवेशद्धार मुखनै भएपछि मुखलाई सफा राख्नु अत्यावश्यक हुन्छ।

हामीले बिहान खाना खाएपछि साढे तीन मिनेट, दिउँसो तीन मिनेट र साझँ खाना खाएपछि सुत्नु अघि तीन मिनेट गरेर दिनमा दश मिनेट कुल्ला गर्नुपर्छ। यो दश मिनेट समय दिनाले मुख सबन्धी सम्पूर्ण रोगको समाधान हुन्छ।

दाँत बलियो छ भनेर बोतलको बिर्को पनि दाँतले खोल्ने, अति गुलियो अमिलोे, साह्रो, चिसो, तातो खानेकुरा खानु हुँदैन। साथै धुम्रपान मद्यपान गर्नु हुँदैन। जकं फुड धेरै खानु भएन। आफनै करेसाबारीमा भएका हरियो सागसब्जी, रेशादार खानेकुरा, दुग्धजन्य खानेकुरा खाँदा मुख सबन्धी समस्या आउन सक्दैन।

दाँत सफा गर्ने तरिका
जबसम्म हामीलाई दाँत सफा गर्नुपर्छ भन्ने कुरा दिमागमा आउदैन तबसम्म हाम्रो हातमा आउदैन, हामीले जति बेला फाहोर हुन्छ त्यही बेला सफा गर्ने हो। बिहान, साझँ खाना खाएपछि हामीले सफा गर्नुपर्छ। हामीले खाना दाँतमा अड्एिको छ भने तुरुन्तै सफा गरिहाल्नु पर्छ। हामीले ब्रसले दाँत सफा गर्दा नरम ब्रस सगै फलोराइड भएको मन्जन प्रयोग गर्नुपर्छ। दाँत माझ्न प्रयोग गरिने ब्रस सफट् हुनुपर्छ। नरम ब्रसमा एस लेखेको हुन्छ। कडा खालको् ब्रस भने प्रयोग गर्नुहुँदैन।

मन्जन लिदा थोरै मात्र लिएर लिनुपर्छ। ब्रस गर्दा आधा दाँतमा आधा गिजामा छुने गरी ४५ डिग्रीमा राखेर १० पटक राम्ररी हल्लाएर सफा गर्नुपर्छ। जिब्रो पनि ब्रसलेनै सफा गर्नुपर्छ। जिब्रि मेटलले सफा गर्दा जिब्रोमा घाउ भएर पछि स्वादनै थाहा नपाउने हुन्छ। दाँतको सतहदेखि दुई दाँतको बीचको भाग राम्ररी सफा गर्नुपर्छ। खाना खाएपछि पानीले कुल्ला गर्दा पनि ब्रस गरे जत्तिकै हुन्छ।

दाँत तथा मुख सबन्धी समस्या नआउन नदिन
समस्या हुन नदिन हामीले हरपलको सचेतना अपनाउनुपर्छ। दाँत तथा मुखको सरसफाई हरेक पटक खाना खाने बित्तिकै ब्रस र कुल्ला गर्नुपर्छ। जुन खानेकुराले शरीर तथा दाँत मुखलाई असर गर्ने धेरै तातो तथा धेरै चिसो खानेकुरा खानु हुँदैन्।

नियमित रुपमा स्वास्थ्य परीक्षण गर्नाले पनि समस्या उत्पन्न हुन पाउँदैन। हरेक छ, महिनामा स्वास्थ्य परिक्षण गर्नाले समस्या छ भने पनि समयमै उपचार गर्न सकिन्छ।

(वरिष्ठ दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

https://www.facebook.com/khabarhubofficial/videos/399889308719405

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ७ : २४ बजे

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्री बर्खास्त 

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका

मधेसमा जनमत र एमाले बाहेकका सबै मन्त्रीलाई बर्खास्त गरिँदै

जनकपुरधाम– मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले जनमत र एमाले बाहेकका

वर्षाका कारण आन्तरिकतर्फको हवाइ सेवा प्रभावित

काठमाडौँ– अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिष्य विमानस्थलबाट हुने उडान प्रभावित

बर्खामा पानीजन्य सरुवा रोगबाट कसरी जोगिने ?

काठमाडौं– बर्खा लागेसँगै देशभर मनसुन बलियो हुँदैछ । यो मौसममा

हेटौँडा-काठमाडौँ-दक्षिणकाली सडक खुल्यो

बागमती– अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडा–काठमाडौँ जोड्ने