२७ जिल्लाका बालबालिकालाई कोरोना खोप आजदेखि « Khabarhub

२७ जिल्लाका बालबालिकालाई कोरोना खोप आजदेखि


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सात प्रदेशका २७ जिल्लाका बालबालिकालाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोप दिइँदैछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई विद्यालयमै खोप दिन लागिएको हो । बालबालिकालाई १५ असारसम्म पहिलो डोज र २ साउनदेखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने छ ।

आजदेखि खोप कार्यक्रम सञ्चालन हुने जिल्लामा झापा, इलाम मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली र मकवानपुर रहेका छन् ।

त्यस्तै, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र डडेलधुरामा पनि आजदेखि खोप कार्यक्रम सञ्चालन हुनेछ ।

बाँकी ५० जिल्लामा भने ५ भदौदेखि खोप कार्यक्रम सञ्चालन गर्ने लक्ष्य सरकारको छ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ६ : ५५ बजे

थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु

बैंकक– थाइल्यान्डमा उच्च गतिको रेल परियोजना अन्तर्गत निर्माण भइरहेको रेल

सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो

काठमाडौं- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अब पार्टी फुट्ने

सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता

डा. डिला संग्रौला भन्छिन्– ‘कांग्रेस सय प्रतिशत फुट्दैन’

काठमाडौं – नेपाली कांग्रेस नेतृ डा. डिला संग्रौलाले पार्टी पूर्ण

‘मिरमिरे’ आम नेपालीको कथा भएकाले कार्यकारी निर्माता बनेँ : रोहित कट्टेल

काठमाडौं – कम्पनी ‘आरआर फिल्मस्’बाट सक्रियरुपमा फिल्म वितरण गर्दै आएका