एक्सन फिल्ममा डेब्यु गर्दै आर्यन « Khabarhub

एक्सन फिल्ममा डेब्यु गर्दै आर्यन


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक करण जोहरलाई लभ स्टोरी फिल्मले स्थापित गर्‍यो । कुछ कुछ होता है, कभी खुसी कभी गम लगायतका फिल्म उनको परिचय हो । उनले फ्यामिली ड्रामा र लभ स्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् ।

यद्यपि उनले गत वर्ष ‘घोष्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलो पटक हरर कथामा काम गरेका थिए । त्यसपछि उनले आफूलाई अन्य जनरमा पनि उतार्ने मनसाय बनाइरहेका छन् ।

रकी और पिंकीकि प्रेम कहानी निर्देशन गरेका करणले नेक्स्ट फिल्म एक्सन जनरामा निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

हालै मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफूले एक्सन फिल्म छिटै निर्देशन गर्ने बताएका थिए । उनले आफ्नो एक्सन डेब्युका लागि शाहरुख खानको छोरा आर्यन खानलाई तयार गरिरहेका छन् ।

शाहरुखलाई रोमान्टिक अवतारमा स्थापित गराएका करणले एक्सन फिल्ममा डेब्युका लागि उनका छोरा रोजेका हुन् । हालै ड्रग्स केसमा क्लिन चिट पाएका आर्यन डेब्युका लागि तयार छन् ।

शाहरुखकी छोरी सुहाना खान छिटै जोया अख्तरको फिल्म मार्फत डेब्यु गर्दै छिन् । जोया पनि शाहरुखको नजिककी साथी हुन् । आर्यनको डेब्युको लागि भने करणले धेरै समय अगाडी नै तय गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ११ : ३० बजे

एमाले महाधिवेशन : यी हुन् निर्विरोध निर्वाचित भएकाहरू

काठमाडौं– नेकपा (एमाले)को जारी ११ औँ महाधिवेशनमा ११ जना केन्द्रीय

एमालेको १९ पदाधिकारीमा ३ जनामात्रै महिला उम्मेदवार

काठमाडौं- नेकपा एमालेको ११औँ महाधिवेशनमा १९ जना पदाधिकारीका लागि ३

प्रदेशसभा सदस्य दास चढेको स्कुटरमाथि नियोजित ठक्करको आरोप

सिरहा – मधेस प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी नेपालकी

एमाले महाधिवेशन: यस्तो छ उम्मेदवारको प्रारम्भिक नामावली (सूचीसहित)

काठमाडौं – नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत हुने निर्वाचन प्रक्रियामा

श्रीमान् वसन्त बिरामी भएपछि ओली समूहबाट उम्मेदवार बनिन् भूमिका

काठमाडौं- पाँचथरबाट निर्वाचित निवर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका