एक्सन फिल्ममा डेब्यु गर्दै आर्यन « Khabarhub

एक्सन फिल्ममा डेब्यु गर्दै आर्यन


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्देशक करण जोहरलाई लभ स्टोरी फिल्मले स्थापित गर्‍यो । कुछ कुछ होता है, कभी खुसी कभी गम लगायतका फिल्म उनको परिचय हो । उनले फ्यामिली ड्रामा र लभ स्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् ।

यद्यपि उनले गत वर्ष ‘घोष्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलो पटक हरर कथामा काम गरेका थिए । त्यसपछि उनले आफूलाई अन्य जनरमा पनि उतार्ने मनसाय बनाइरहेका छन् ।

रकी और पिंकीकि प्रेम कहानी निर्देशन गरेका करणले नेक्स्ट फिल्म एक्सन जनरामा निर्देशन गर्ने भएका छन् । उनले तीन सय करोडको लगानीमा बन्ने फिल्मको कथामा काम गरिरहेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

हालै मुम्बईमा भएको एक इभेन्टमा होस्ट गरिरहेका करणले पनि आफूले एक्सन फिल्म छिटै निर्देशन गर्ने बताएका थिए । उनले आफ्नो एक्सन डेब्युका लागि शाहरुख खानको छोरा आर्यन खानलाई तयार गरिरहेका छन् ।

शाहरुखलाई रोमान्टिक अवतारमा स्थापित गराएका करणले एक्सन फिल्ममा डेब्युका लागि उनका छोरा रोजेका हुन् । हालै ड्रग्स केसमा क्लिन चिट पाएका आर्यन डेब्युका लागि तयार छन् ।

शाहरुखकी छोरी सुहाना खान छिटै जोया अख्तरको फिल्म मार्फत डेब्यु गर्दै छिन् । जोया पनि शाहरुखको नजिककी साथी हुन् । आर्यनको डेब्युको लागि भने करणले धेरै समय अगाडी नै तय गरेका थिए ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ११ : ३० बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले