नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’ « Khabarhub

नेदरल्याण्डको मैदानमा इंग्ल्याण्डको ‘क्लिन स्विप’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- तेस्रो तथा अन्तिम एकदिवसीय अन्तरराष्ट्रिय खेलमा घरेलु टोली नेदरल्याण्डमाथि ८ विकेटको जित निकाल्दै तीन एकदिवसीय श्रृंखलामा इंग्ल्याण्डले ३-० को ‘क्लिन स्विप’ गरेको छ ।

बुधबार राति नेदरल्याण्डले दिएको २४५ रनको लक्ष्य इंग्ल्याण्डले ३० ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा जासन रोयले सर्वाधिक १०१ रन बनाए । यस्तै, कप्तान जस बट्लरले अविजित ८६ रन जोडे । नेदरल्याण्डका पाउल भान मिकिरणले २ विकेट लिए ।

यसअघि भिआरए मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले ४९ ओभर २ बलमा सबै विकेट गुमाउँदै २४४ रन बनायो ।

नेदरल्याण्डका कप्तान स्कट एड्वार्ड्सले सर्वाधिक ६४ रन बनाए । यस्तै, बास डी लिडेले ५६ तथा म्याक्स ओडोडले ५० रनको योगदान गरे । इंग्ल्याण्डका डेभिड विलले सर्वाधिक ४ विकेट लिए ।

यस अघिको दुई खेलमा इंग्ल्याण्डको २३२ रन र ६ विकेटले विजयी भएको थियो । अब, इंग्ल्याण्डकोले न्युजिल्याण्डविरुद्ध तीन टेष्ट श्रृंखला खेल्दैछ ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १२ : ५९ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा