९१ वर्षीय अर्बपति रूपर्ट मर्डोकद्वारा चौथो सम्बन्धविच्छेदको तयारी « Khabarhub

९१ वर्षीय अर्बपति रूपर्ट मर्डोकद्वारा चौथो सम्बन्धविच्छेदको तयारी


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सञ्चार जगत्का बादशाहको पहिचान बनाएका ९१ वर्षीय अर्बपति रुपर्ट मर्डोकले सम्बन्ध विच्छेदको तयारी गरेका छन् । सन् २०१६ यता विवाह बन्धनमा रहेका मर्डोक र अभिनेत्री जेरी हलले सम्बन्धविच्छेदको तयारी गरेका हुन् ।

यस विषयमा परिचित दुई व्यक्तिलाई उद्धृत गर्दै अमेरिकी अखबार न्यूयोर्क टाइम्सले उनीहरुको सम्बन्धविच्छेदको तयारी भएको जनाएको हो ।

मर्डोकले मार्च २०१६ मा सेन्ट्रल लन्डनमा हलसँग विवाह गरेका थिए । विवाहपछि आफूले संसारकै सबैभन्दा खुसी र भाग्यमानी अनुभूति गरेको बताएका थिए । मर्डोकसँगको विवाहमा हलले फिक्का नीलो रंगको भिभियन वेस्टवुड पोसाक लगाएकी थिइन् ।

सन् २०१९ सम्म रूपर्ट र जेरीले प्रायः रातो कार्पेट कार्यक्रमहरूमा सँगै भाग लिन्थे । फक्स कर्पोरेसनका मालिक मर्डोक र ६५ वर्षी जेरीको सम्बन्ध निकै चर्चा पाएको थियो ।

सम्बन्धविच्छेदले मर्डोकको स्वामित्वमा रहेका व्यवसायहरूको स्वामित्व संरचनामा परिवर्तन नहुने जनाइएको छ । फोर्ब्सका अनुसार मर्डोकसँग १७ दशमलब ७ अर्ब डलर सम्पत्ति छ । मर्डोकको यो चौथो पटक सम्बन्धविच्छेद हो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  १ : ०३ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु