‘स्वभाव उस्तै भएकाले शरदसँग नजिकिएँ’  « Khabarhub

‘स्वभाव उस्तै भएकाले शरदसँग नजिकिएँ’ 


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग गत जेठ ३१ मा बिवाह गरिन् । उनको विवाह सामान्य तरिकाले नै सम्पन्न भयो । गायनमा आफ्नो छुट्टै नाम बनाएकी इन्दिराको बिहेमा निकै कमको मात्र उपस्थिति रहेको थियो । बिवाहबारे उनी आफैँले जानकारी दिएकी थिइन् ।

शरदसँग उनको भेट तीन वर्ष अगाडी मात्र भएको थियो । भारतको दिल्लीमा फेशनको अध्ययन गरेर नेपाल फर्किए लगत्तै इन्दिराको भेट शरदसँग भएको हो । ‘मलाइ एक जना साथीले शरदसम्म पुर्‍याउनु भएको हो । मलाइ ड्रेस चाहिरहने भएको र उहाँ दिल्ली फेशन इन्स्टीट्युटबाट अध्ययन गरेर फर्किएको डिजाइनर भएकाले साथीहरूकै सल्लाहमा भेट् भयो’ इन्दिराले भनिन् । विवाह भएको दुई साता बितिसक्दा पनि फरक अनुभव नगरेकी इन्दिरा यहाँसम्मको यात्रा तय हुनुमा शरदको सरलता देख्छिन् ।

‘हाम्रो कमन फ्रेन्डकै कारण भेटघाट बाक्लियो । फेशन सम्बन्धी कुराकानी भएकाले पनि भेटघाट बढ्नु स्वाभाविक नै हो । एक अर्काको बानी मन परेकाले हामी नजिकिन थाल्यौँ । खाना वा खाजामा भेटघाट हुन् थाल्यो’ इन्दिराले भनिन् । उनले शरदको सरल व्यवहार र झुट नबोल्ने बानीकै कारण आफू नजिकिएको बताइन । त्यसो त शरद र इन्दिराको संयुक्त साथीहरूले पनि जोडी सुहाएको प्रतिक्रिया दिइरहन्थे । ‘हामी रेस्टुराँमा पुग्दा सँगै पारिदिने । तिमीहरूको नेचर मिल्छ, अब जोडी मिलाऊ भन्दिने साथीहरू थिए । उनीहरूको जिस्काई र हाम्रो स्वभावले पनि हामी नजिक भएका हौँ’ इन्दिराले भनिन् । उनले आफ्नो र शरदको सम्बन्ध मित्रताले अगाडी बढाएको दिगो भएको बताइन ।

एक आपसमा घुलमिल भएपछि शरदले नाम्चेमा इन्दिरालाई औँठी लगाइदिएका थिए । तर , उनको योजना भने उच्च हिमाली भेगमा पुगेर प्रस्ताव गर्नु थियो । उनले इन्दिरासँग एभरेष्ट रन वे फेशन शोमा सहभागी जाने मौका छोपेका थिए । यद्यपि मौसमको कठिनाइले त्यो नाम्चे बजारमै भयो । ‘मौसम खराबीका कारण हामी माथि उड्न सकेनौँ । शरदले मलाइ नभनेता पनि उसको हाउँभाउँले मैंले हिन्ट पाएकी थिएँ’ उनले भनिन् । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिँदा इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।

उनले विवाह पश्चात् पनि त्यति धेरै फरक महसुस गरेकी छैनन् । किनकि प्रेम जीवनमै उनीहरू एक अर्कालाई सघाउँथे । एक अर्काको परिवारसँग परिचित थिए । यसले गर्दा पनि इन्दिरा शरदको परिवारसँग घुलमिल थिइन् । ‘म टोखा बस्थे , शरद नक्सालमा । मलाई फस्ट आवरमा काम हुँदा छिटै शरदको घरमा आउँथे । शोहरुमा जानु पर्दा पनि उसकै घरमा मेकअप आर्टिस्टलाई बोलाएर तयार भएर जान्थे । यसले गर्दा पनि विवाहपछि सामान्य नै छ’ इन्दिराले भनिन् । उनलाई शरदले श्रीमतीजी भन्दा भने केही अनौठो लाग्छ । ‘हेल्लो वाइफ भनेको सुन्दा रमाइलो लाग्छ । हामी अहिले पनि विवाह अगाडीकै समयमा छौँ जस्तो लाग्छ’ उनले भनिन् ।

नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेर आइटम गायिकाको रूपमा पार्श्व गायनमा नाम कमाएकी इन्दिराले पछिल्लो समय आइटम गाउन छाडेकी छिन् । यद्यपि उनी फास्ट नम्बरको गीत मार्फत दर्शक सामु आउने तयारीमा छिन् । उनले ‘पछ्यौरी’ बोलको गीत छिटै दर्शकसामु ल्याउदैछिन् । डान्सीङ नम्बर ‘पछ्यौरी’ संवत उनले आउँदो साता नै सार्वजनिक गर्नेछिन् ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ४ : ५९ बजे

खाद्य तथा कृषि संगठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु

काठमाडौं– नेपाल सरकार, संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि संगठन (एफएओ)

शासकीय सुधारलाई निरन्तरता दिने सचिव बैठकको निर्णय

काठमाडौं– सरकारका सचिवहरूको बैठकले शासकीय सुधारका लागि अघि बढाइएका कार्यक्रमलाई निरन्तरता

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर, फेरि अधिवेशन गर्न निर्देशन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति बदर गरिएको छ।

बीपी स्मृति दिवसमा कांग्रेसका तीन विशेष कार्यक्रम, गगनले नयाँ अभियान घोषणा गर्ने

काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवस ‘जलवायु

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन

काठमाडौं– सरकारले सार्वजनिक बिदालाई पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा