सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ « Khabarhub

सिरियामा तैनाथ सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’


९ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेबनानको भ्रमण सकेर सिरियाको शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका सदस्यले आज त्यहाँस्थित युएन मिसनअन्तर्गतका सुरक्षाचौकीको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा उनले उक्त इलाकाको वस्तुस्थितिलगायतका विविध पक्षबारे जानकारी लिएका थिए । प्रधानसेनापति शर्माले शान्ति मिसनमा उल्लेखनीय कार्य गर्ने शान्ति मिसन क्षेत्रमा तैनाथ चार नेपाली शान्ति सैनिकलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले भौगोलिक, सामरिक तथा सुरक्षात्मक दृष्टिकोणले समेत अति महत्वपूर्ण स्थानका रूपमा रहेको सिरियाको माउण्ट हर्मन इलाकामा तैनाथ रहेर शान्ति स्थापनार्थ योगदान दिई नेपाल, नेपाली सेना र संयुक्त राष्ट्रसङ्घको विश्वसनीयता बढाएकामा शान्ति सैनिकलाई धन्यवाद दिए ।

निरीक्षण भ्रमणपश्चात् प्रधानसेनापति शर्मासहितको टोलीले सिरियाका सैनिक अधिकृत तथा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०७९, बिहीबार  ११ : ०१ बजे

विश्व बजारमा दक्षिण कोरियाका उत्पादनको उच्च माग

एजेन्सी– दक्षिण कोरियाको निर्यात मार्च महिनाका पहिलो २० दिनमा गत

भायानेटले ल्यायो अत्याधुनिक ‘वाइफाइ ६’ सेवा, घरभर तीव्र गतिको इन्टरनेट

काठमाडौं– भायानेट कम्युनिकेसन लिमिटेडले इन्टरनेटमा हुने अवरोध, बफरिङ र कमजोर

बगरफाँट-कोप्रे-दूधेखोला खण्ड : १८ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी– बेनी नगरपालिका–२ को बगरफाँट–कोप्रे हुँदै वडा नम्बर ३ को

डोल्पामा जडीबुटीसहित चारजना पक्राउ

डोल्पा– त्रिपुरासुन्दरी नगरपालिकामा अवैध रूपमा सङ्कलन गरिएको ठूलो परिमाणको जडीबुटीसहित चार

रास्वपाको दुई तिहाइमा बालेनको अग्नि परीक्षा

नाम र काम मिल्नुपर्ने पूर्वीय वैदिक परम्परा हो हाम्रो। देशले