अपांगता भएका व्यक्तिहरूलाई सीपमुलक तालिम प्रदान   « Khabarhub

अपांगता भएका व्यक्तिहरूलाई सीपमुलक तालिम प्रदान  


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुका अपांगता भएका व्यक्तिहरूले पछिल्लो सयम जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि विभिन्न तालिम, सीप प्राप्त गरिरहेका छन् । यही क्रममा गैरसरकारी संस्था अपांग पुनर्स्थापना तथा ग्रामीण विकास संस्था (डार्डो) नेपाल मुगुले पनि जिल्लाका अपांगता भएका व्यक्तिहरूलाई सीपमुलक तालिम दिएको छ । 

आईएनएफ मुगुको आर्थिक सहयोगमा र उक्त संस्थाको सहजिकरणमा अपांगता भएकाहरूलाई आत्मनिर्भर र जीविकोपार्जन गर्ने उद्देश्यले व्यवसायिक तरकारी खेती र सीपमुलक कार्यक्रम सिलाई कटाई तालिम प्रदान गरेको हो ।  

तालिमले यहाँ आर्थिक संकटमा रहेका अपांगता भएका व्यक्तिहरूलाई आयस्रोत बढाउने आस गरिएको छ । पछिल्लो समय कर्णालीका केही अपांगता भएका व्यक्ति व्यवसायिक सीप सिकेर आत्मनिर्भर बनेका छन् ।  

दुर्गम भेग र अपांगता भएका व्यक्तिहरूको पीडालाई केही कम गर्न सकियोस् भनेर आईएनएफ मुगु र डार्डो नेपालले सीपमुलक कार्यक्रम थालनी गरिएको आईएनएफ मुगुका अप्रिता कार्कीले बताइन् । 

उनका अनुसार सिलाई कटाई तालिममा अपांगता भएका पाँच जना महिला थिए भने १६ जनाले  तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : ५३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज