अपांगता भएका व्यक्तिहरूलाई सीपमुलक तालिम प्रदान   « Khabarhub

अपांगता भएका व्यक्तिहरूलाई सीपमुलक तालिम प्रदान  


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुका अपांगता भएका व्यक्तिहरूले पछिल्लो सयम जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि विभिन्न तालिम, सीप प्राप्त गरिरहेका छन् । यही क्रममा गैरसरकारी संस्था अपांग पुनर्स्थापना तथा ग्रामीण विकास संस्था (डार्डो) नेपाल मुगुले पनि जिल्लाका अपांगता भएका व्यक्तिहरूलाई सीपमुलक तालिम दिएको छ । 

आईएनएफ मुगुको आर्थिक सहयोगमा र उक्त संस्थाको सहजिकरणमा अपांगता भएकाहरूलाई आत्मनिर्भर र जीविकोपार्जन गर्ने उद्देश्यले व्यवसायिक तरकारी खेती र सीपमुलक कार्यक्रम सिलाई कटाई तालिम प्रदान गरेको हो ।  

तालिमले यहाँ आर्थिक संकटमा रहेका अपांगता भएका व्यक्तिहरूलाई आयस्रोत बढाउने आस गरिएको छ । पछिल्लो समय कर्णालीका केही अपांगता भएका व्यक्ति व्यवसायिक सीप सिकेर आत्मनिर्भर बनेका छन् ।  

दुर्गम भेग र अपांगता भएका व्यक्तिहरूको पीडालाई केही कम गर्न सकियोस् भनेर आईएनएफ मुगु र डार्डो नेपालले सीपमुलक कार्यक्रम थालनी गरिएको आईएनएफ मुगुका अप्रिता कार्कीले बताइन् । 

उनका अनुसार सिलाई कटाई तालिममा अपांगता भएका पाँच जना महिला थिए भने १६ जनाले  तरकारी खेतीसम्बन्धी तालिम लिएका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  १२ : ५३ बजे

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु

एसइई परीक्षामा मोबाइल निषेध, फेला परे जफत गरी नष्ट गरिने

धनुषा – मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा

कर्णाली राजमार्गका चार रुग्ण ठेक्का तोडिए

जुम्ला – जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्ग सडकखण्डअन्तर्गतका चार

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौं – सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

श्रम स्वीकृति अब आवेदनकै दिन, टोकन प्रणाली खारेज गरिने

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृतिमा