ज्येष्ठ नागरिकबीच अनुभव आदान प्रदान  « Khabarhub

ज्येष्ठ नागरिकबीच अनुभव आदान प्रदान 


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ र ओखलढुंगाका ज्येष्ठ नागरिकले अनुभव आदानप्रदान गरेका छन् । मझुवागढीस्थित कालिका भगवती मन्दिर दर्शनका क्रममा दिक्तेल आइपुगेका ओखलढुंगाका ज्येष्ठ नागरिक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका ज्येष्ठ नागरिकबीच शनिबार भेटघाटका साथै अनुभव आदानप्रदान भएको हो ।

ज्येष्ठ नागरिक संघ खोटाङले  कार्यालयको प्राङ्गणमा ओखलढुङ्गाका ज्येष्ठ नागरिकको स्वागत तथा भेटघाट कार्यक्रम राखेको थियो ।कार्यक्रममा ज्येष्ठ नागरिकको हकहितको विषयमा आ-आफ्नो जिल्लामा भए गरेका कामको बारे दुबै जिल्लाका ज्येष्ठ नागरिकले एकअर्कालाई सुनाएका थिए । आ-आफ्नो संस्थागत काम तथा प्रगतिका बारे अनुभव बाँडेको ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष एवं जिल्ला समन्वय समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए ।

ज्येष्ठ नागरिकलाई यातायातमा छुट, स्वास्थ्य सेवामा छुट, जीवनभर विवाह नगरी बसेका वृद्धा र श्रीमतीको मृत्यु भएपछि विवाह नगरी बसिरहेका बिधुरलाई सामाजिक सुरक्षा भत्ता माग गर्दैआएको विषयमा चर्चा चलेको थियो ।

 कार्यक्रममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका उपमेयर बिसन राई, ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका उपमेयर केदारबाबु बस्नेत, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियोे । 

ओखलढुंगाका ज्येष्ठ नागरिकको यात्रामा सिद्धिचरण नगरपालिकाका उपमेयर बस्नेत लगायत सहभागी थिए । सो टोलीले बिहान कालिका भगवती मन्दिरको दर्शन गरेका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ४ : २८ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा