७२ वर्षीया भानादेवीको चित्रकला « Khabarhub

७२ वर्षीया भानादेवीको चित्रकला


७ श्रावण २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको सुर्नया गाउँपालिका–२ की भानादेवी चन्द ७२ वर्षकी भइन् । उनी अझै पनि मन्दिर, सार्वजनिक स्थल तथा घरहरूमा पेन्टिङ गरिरहेकी भेटिन्छिन् । भानादेवी भगवानका फोटो र आफूले देखेका सबै वस्तु दुरुस्तै चित्रमा उर्तान सक्छिन् । उनले अहिलेसम्म दुई हजारभन्दा बढी चित्र कोरेको सुनाइन् । बाल्यकालमै पेन्टिङको काम सुरु गरेको उनले बताइन् । उनी एकपटक देखेको कुरा नहेरेरै जस्ताको तस्तै चित्र बनाउन सक्छिन् ।

माइतीघर भारतको धार्चुलामा कक्षा ५ सम्म अध्ययन गरेकी उनले १० वर्षको उमेरदेखि चित्र बनाउन सुरु गरेकी हुन् । भानादेवीका चित्रकला बैतडीदेखि काठमाडौँसम्मका सार्वजनिकस्थल तथा घरमा रहेको उनका छोरा नरेन्द्रले बताए । उनले भने, ‘आमा फुर्सदको समयमा पेन्टिङ गर्नुहुन्छ । उहाँले बैतडीदेखि काठमाडौँसम्मका भित्ताहरू फोटोले रङ्गाउनुभएको छ । उहाँले कोर्न खाजेको चित्र एकपटक हेरे मात्रै पुग्छ । उहाँसँग राम्रो क्षमता छ । केही ठाउँमा पुरस्कृत समेत हुनुभएको छ । उहाँले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको काठमाडौंस्थित घरमा पनि विभिन्न चित्र कोर्नुभएको छ ।’ 

भानादेवी चित्रकलाबाट स्थानीय स्तरमा परिचित भए पनि प्रतियोगिताहरूमा भने खासै सहभागी हुने अवसर पाएकी छैनन् । उनले कुनै चित्रहरूको मूल्य राख्ने गरेकी छैनन् । कसैले स्व इच्छाले दिएको रकम र रंङ खरिद गर्दाको पैसाबाहेक पारिश्रमिक नलिने गरेको चन्दको भनाइ छ । गाउँठाउँका कसैले पेन्टिङ्गका लागि आग्रह गरेमा त्यहाँ पुगेर चित्र कोरिदिने गरेको चन्दले सुनाइन् ।

आफुसँग भएको सीप अरूलाई सिकाउन नपाउँदा चन्द चिन्तित देखिन्छन् । साथै, पछिल्लो समय चित्रकलाप्रति युवापुस्ताको ध्यान जान नसक्नु दुःखद् भएको उनको भनाइ छ । 

प्रकाशित मिति : ७ श्रावण २०७९, शनिबार  ७ : ५८ बजे

बदलिएको कांग्रेसले देश पनि बदल्छ : गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश पनि

मौरीपालक किसानका लागि बीमा कम्पनीको सर्तमा समस्या

चितवन– कालिका नगरपालिका-६ निवासी जगबहादुर पुन मौरीको बीमा गर्न तयार

देउवाका लागि कुर्सी खाली राखेका थियौँ, आउनुभएन : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाका

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा

पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली जनताको नजरमा