नवजात शिशु नखेल्ने, नरुने, दूध नखाएमा जोखिम हुन्छ | Khabarhub Khabarhub

नवजात शिशु नखेल्ने, नरुने, दूध नखाएमा जोखिम हुन्छ

‘भर्खर जन्मेको बच्चालाई किनेर दूध खुवाउनु हुँदैन’



काठमाडौं- गर्भवती, सुत्केरी र प्रसूति अवस्था महिलाको लागि विशेषज्ञ अवस्था हो । तर यही अवस्थामा उचित हेरचाह हुन सकेन भने धेरै समस्याले सताउन सक्छ । भर्खरै जन्मिएको शिशुलाई र आमालाई हेरचाहको निकै आवश्यकता पर्दछ । भर्खरै जन्मिएको शिशुमा कस्ता समस्या देखा पर्छन् र नवजात शिशु र साना बालबालिकाको स्याहार कसरी गर्ने ? यी नै विषयमा आधारित भएर वरिष्ठ बाल रोग विशेषज्ञ डा. रिता सिंहसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

भर्खरै जन्मेको शिशुहरूमा कस्ता कस्ता समस्याहरू देखा परेका छन् ?
भर्खरै जन्मेको शिशुहरूमा समय भन्दा अगाडि जन्मेको सानो जन्मेको गर्भावस्थामा आमालाई समस्या भएर जन्मिएको बच्चामा विशेष ध्यान दिनु पर्दछ । अरू बच्चामा पनि ध्यान दिनु पर्दछ । सानो बच्चाहरू हरेक किसिमबाट नाजुक हुन्छन् । पहिलादेखि नै एकदमै तेल घस्नै पर्ने, राति सेकाउनै पर्ने चलनहरू छ । यो बच्चाको अवस्था हेरेर कोठाको तापक्रम हेरेर हुन्छ । हिजो आज जस्तो यो गर्मी मौसममा देखिने घमौराहरू पसिना खटिरा हुन्छन् । सफासुग्घर नगर्नाले बच्चामा साधरणतया इम्युनिटी पावर कम हुन्छ र छिटो इन्फेक्सन हुन्छ । ११ दिनसम्म सुत्केरीलाई छुनु हुँदैन भनेर अलग्गै राख्ने प्रचलन छ । त्यो भनेको सुत्केरीलाई सफा राख्ने अलग्गै भनिएको हो । तर, हाम्रोमा एक्लै राख्ने चलन छ । त्यसैले अरू बिरामीबाट टाढा राख्नु राम्रो हो । जुन घरमा भर्खर बच्चा आएको छ भने त्यो घरमा चाडबाड नमनाऊ भनेर सुतक लाग्छ भनिएको हो । अरू झमेलामा परे भने सुत्केरी र बच्चालाई समय नपुग्ला भनेर हो । एकदमै महत्वपूर्ण भनेको आमाको दूध खुवाउनु पर्दछ ।

बच्चामा समस्या देखा नपरोस् भनेर नवजात शिशु तथा साना बालबालिकाको स्याहार कसरी गर्ने त ?
नवजात शिशु तथा साना बालबालिकामा लाग्ने रोग भनेको रुघा खोकी ज्वरो, झाडापखाला, वान्ता यो सबैमा सफाई गर्नु पर्दछ । अहिले हामीले कोभिडबाट धेरै कुरा सिकेको छौ । कसरी मास्क लगाउने, साबुन पानीले कसरी हात राम्ररी धुने भनेर सिकेका छौँ । त्यसैले यो समस्याबाट बच्ने उपायहरू पनि त्यही नै हो । बच्चाहरूमा सफा पानी तताएर सेवन गर्ने बाहिरका खानाहरू चना चटपटे तिनीहरूले पनि असर गर्दछन् । त्यसैले ती निषेध गर्नु पर्दछ । ठेउला दादुराको खोप लगाउने गर्नुपर्दछ । पहिला बच्चालाई के कारणले समस्या भएको छ, त्यो जाँच गरेर उपचार गर्न सकिन्छ । घरको खाना खाने त्यसबाट बच्चामा किटाणुको संक्रमण हुनबाट बचाउने शक्ति तिनीहरूले नै दिन्छ । बाहिरको खाना भनेको जिब्रोको स्वाद मात्र हो ।

घरमा नै कस्तो कस्तो खानेकुरा दिँदा पोषणयुक्त हुन्छ ?
घरमा बनाएको सबै राम्रो हुन्छ । दाल भात तरकारी जसमा स्वाद बढाउने अजिना मोटोहरूको प्रयोग गरेको हुँदैन । फ्रेस तरकारीहरू बनाएर खाने । फलफूल पनि लोकल खाए धेरै राम्रो, मकै भटमास सबै पोसिलो चिज हो । बजारको जुस भन्दा फलफूल नै खाँदा राम्रो हुन्छ ।

कसैले शिशुलाई आमाले आफूसँग नराख्ने वा कोही काम गर्ने मान्छेसँग राख्ने गर्नु हुन्छ । दूध खुवाउन पनि अर्को मान्छे राख्ने गरेको पाइन्छ, त्यो गर्नु कतिको उपयुक्त मानिन्छ ?
अरू आफन्तले आमा र बच्चालाई छुट्टै राख्नु हुन्छ । तर, आमा र बच्चालाई सँगै राख्नु पर्दछ । आमाले नै बच्चाको सम्पूर्ण कामहरू गर्न सकिन्छ । यदि सहयोग गर्ने मान्छेहरू छ भने राख्न सकिन्छ । तर, विदेशमा त त्यो पनि हुँदैन । नेपालमा कसैले त पैसा तिरेर नै राख्नुहुन्छ । उहाँले त खाना बनाउने घर सफा राख्न सक्नुहुन्छ । तर, त्यो बच्चालाई तेलहरू लगाउने त आमाले नै गर्नु पर्दछ । नरम हातले त्यो बच्चालाई तेल लगाउनु पर्दछ । त्यसैले यो काम आमाले नै गर्नु पर्दछ ।

नवजात शिशुमा घरमा लगेपछि कस्तो लक्षण देखा पर्याे भने यो जोखिम हुदैँछ भनेर थाहा पाउन सक्छौँ हामीले ?
सामान्य समस्या भनेको जन्डिस हुने, डाइरिया हुने हुन्छ । त्यसको लागि त्यति आत्तिनु हुँदैन । त्यो जन्डिस अलि बढ्यो भने खतरा हुने हुन्छ । तर, सामान्य जन्डिसमा आत्तिनु पर्दैन । त्यसको लागि लुगा खोलेर नाङ्गै कलिलो बिहानको घाममा १५ देखि २० मिनेट राख्ने, बच्चाको उमेर १५ दिनसम्म जन्डिस बढ्दै जान्छ । कतिपय पिचिपिचि दिसा गर्याे भनेर आउनु हुन्छ, यसमा पनि अलिअलि गर्नु धेरै जसो सामान्य नै हो । त्यो आन्द्राको पचाउने क्षमता कम हुन्छ र अपच भएर फाल्छन् । त्यो पनि विस्तारै निको हुन्छ । तर धेरै नै पिचिपिचि दिसा गर्याे भने डराउनु पर्दछ । इन्फेक्सन वा अन्य समस्या पनि हुन सक्छ । त्यसको लागि अस्पताल गएर दिसा जाँच गर्नु पर्दछ । अरू समस्यामा बच्चा एक्टिभ नहुने, नरुने, दूध नखाने भयो भने सेफ्टिकको डर हुन्छ । सेप्टिक भनेको नवजात शिशुको लागि खतरनाक चिज हो । बेलैमा एन्टिबायोटिक दिनु पर्ने हुन्छ । आईसीयूमै राख्नु पर्ने अवस्था पनि आउन सक्छ । किनभने सेप्टिक भयो भने मेनिन्जाइटिसहरु हुने बन्दै गरेको शरीरको, ब्रेनको लागि त्यो खतरानक हुन्छ । कुनै बच्चाले दूध खाँदैन जन्डिस छ भने तुरुन्तै परार्मश लिनु पर्दछ ।

धेरै आमाहरु पहिलो पटक हो भनेर आत्तिएको देखिन्छ उहाँहरुलाई के भन्नुहुन्छ ?
हामी त नयाँ हो भनेर आत्तिनु पर्दैन । केही थाहा छैन भन्नु पर्दैन । किनभने बच्चा जन्माउनु भनेको एउटा प्राकृतिक प्रक्रिया हो । जुनसुकै स्तनधारी जनावरले बच्चा जन्माएको हुन्छ । त्यसैले साधारण तरिकाले लिनुपर्छ । धेरै बाहिरको चिजहरू नखाने, धेरै कृत्रिम चिजहरू प्रयोग नगर्ने, बाहिरको दूधहरू नखुवाउने, जति सक्दो प्राकृतिक रूपमा नै बच्चाको हेरचाह गर्नुपर्छ । नबुझेको कुरा केही आए जान्नेसँग सल्लाह माग्न सकिन्छ । सामस्या भएको खण्डमा चिकित्सकसँग परामर्श गरेर अगाडि बढ्नु उपयुक्त हुन्छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ०४ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र