लिभरपुलमाथि युनाइटेडको जित « Khabarhub

लिभरपुलमाथि युनाइटेडको जित


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडोन सान्चो र मार्कुस रासफोर्डको समान एक गोलमा म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगको जारी सिजनमा पहिलो जित दर्ता गरेको छ ।

सोमबार घरेलु मैदान ओल्ड ट्राफोर्डमा इरिक टेन हागको टोलीले लिभरपुलमाथि २-१ को जित निकाल्यो ।

पहिलो दुई खेलमा ब्राइटन र ब्रेन्टफोर्डलाई क्रमश २–१ र ४–० को नतिजा सुम्पिएका कारण युनाइटेडमाथि दबाब बढेको थियो ।

लिभरपुलविरुद्धको खेलमा टेन हागले स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र ह्यारी मग्वायरलाई बेन्चमै राखेका थिए । जुन निर्णय जित सहित तीन अंक जोड्न महत्वपूर्ण साबित बन्यो ।

१६ औं मिनेटमा सान्चोले गरेको गोलमा युनाइटेडले अग्रता लिएको थियो । ५३औं मिनेटमा रासफोर्डले युनाइटेडको अग्रता दोब्बर पारेका थिए । खेल सकिन नौ मिनेट बाँकी रहँदा मोहम्मद सलाहले गरेको गोलमा लिभरपुलले खेलमा फर्कने संकेत गरे पनि त्यो पर्याप्त भने भएन।

योर्गान क्लोपको टोली भने जारी सिजन लगातार तीन खेलमा जितविहिन रह्यो । पहिलो खेलमा फुलहमसँग २–२ को बराबरीसँगै अंक बाँडेको लिभरपुल दोस्रो खेलमा क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको थियो ।

युनाइटेडले चौथो खेलमा शनिबार साउथहमटनको भ्रमण गर्नेछ भने लिभपुलले बर्नामाउथलाई आतिथ्य गर्नेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ८ : ३३ बजे

ड्रोन आक्रमण बढेको कारण युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न निर्देशन

कीएभ- रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख

टी–२० सिरिजमा गण्डकीको विजयी सुरुवात

काठमाडौं– नेपाल भ्रमणमा आएको भुटानको राष्ट्रिय क्रिकेट टिम, गण्डकी प्रादेशिक

असोज ८ देखि हालसम्म विपद्का घटनामा ३५ जनाको मृत्यु

काठमाडौं– अविरल वर्षाका कारण यही असोज ८ गतेदेखि देशका विभिन्न

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी