मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव « Khabarhub

मधेस प्रदेशका मुख्यमन्त्रीलाई हटाउने योजना छैन : अध्यक्ष यादव


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन जसपाले निर्देशन नदिएको जानकारी दिएका छन्। उनले भने,‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन पार्टीले निर्देशन दिएको छैन र तत्काल पदबाट हटाउने योजनासमेत रहेको छैन।’

बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै सो कुरा बताउनुभएको हो। “मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको भनेर बाहिर आएको हल्लामा कुनै सत्यता छैन”, अध्यक्ष यादवले भने, ‘मुख्यमन्त्रीलाई त्यस्तो कुनै निर्देशन दिएको छैन, हटाउने कुनै योजना पनि छैन।’

सातवटा प्रदेशका मुख्यमन्त्रीमध्ये छ प्रदेशको मुख्यमन्त्री फेरिए पनि मधेस प्रदेशको मुख्यमन्त्री फेरिएको छैन। यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री राउतले पनि आफूलाई राजीनामा दिन कुनै निर्देशन नआएको जानकारी दिएका छन्। सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले आफूलाई पार्टी अध्यक्षबाट राजीनामाका लागि निर्देशन नआएको बताए।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १० : ०९ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ : रचना खड्का केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म