नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती « Khabarhub

नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।  कोभिड–१९ का कारण चीनले सीमावर्ती सो नाका बन्द गरेको चार वर्ष पुगिसकेको छ । नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो । नाका नखुल्दा ती क्षेत्रमा  सास्ती भएको जनाउँदै  फक्ताङलुङले गत साता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङलाई समन्वय गर्न आग्रह गरेका थिए । 

स्थानीयवासीको सामान आयात/निर्यातको मुख्य नाका रहेकाले चाँडै खोल्नुपर्ने गाउँपालिकाले जनाएको छ । यस क्षेत्र सडक सञ्जालबाट टाढै रहेको र तिब्बतको बजार नजिक पर्ने भएकाले तिब्बत नै यहाँका  बासिन्दाको मुख्य बजार हो ।

विशेषगरी पशुपालन, जडीबुटी संकलन र गलैँचा उत्पादन मुख्य पेशाका रुपमा अँगालेका स्थानीयको नाका बन्द हुँदा सामान निर्यात ठप्प भएको छ । दैनिक उपभोग्य वस्तुसमेत खरिद गर्न कठिन भएको छ भने आयात–निर्यात दुवै ठप्प हुँदा बस्ती स्थानान्तरणकै स्थिति सिर्जना भएको पत्रमा उल्लेख छ ।

ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि सामान बोकेर लैजाँदा ओलाङ्चुङगोला, घुन्सा, फले र याङ्मा पुग्न चार दिन लाग्ने गर्दछ भने पालिकाको केन्द्र तापेथोकबाट सामान लैजाँदा तीन दिनमा पुर्‍याउन सकिन्छ । सदरमुकामबाट सामान खरिद गर्दा घरसम्म पुर्‍याउँदा लागत मूल्यभन्दा तीन गुणा बढी रकम तिर्नुपर्ने बाध्यता रहेको स्थानीय तेन्जिङ शेर्पा बताए । 

नाका खुला हुँदा यस क्षेत्रका बासिन्दा एक दिनमा तिब्बतको रियू बजार किनमेल गरेर घर फर्किन सक्छन् । सडक सञ्जालबाट टाढै रहेको यस क्षेत्रका समुदायले स्वास्थ्य, शिक्षालगायतका समस्या भोग्दै आएका छन् । बिरामी पर्दा हेलिकोप्टर ‘चार्टर्ड’ गर्छन् भने आर्थिकस्तर कमजोर भएकाले तीन दिनको बाटो पैदल हिँडेर जिल्ला अस्पताल पुग्नुपर्ने बाध्यता रही आएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १२ : १५ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ