चुनाव अघि माओवादीसँग एकता सम्भव छैन, आफ्नै चिह्नमा चुनाव लड्छौँ : अध्यक्ष नेपाल « Khabarhub

चुनाव अघि माओवादीसँग एकता सम्भव छैन, आफ्नै चिह्नमा चुनाव लड्छौँ : अध्यक्ष नेपाल


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा आफ्नै चुनाव चिन्हका साथ निर्वाचनमा जाने बताएका छन्।

मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले माओवादी केन्द्रसँग कसरी मिलेर जान सकिन्छ भन्ने विषयमा प्रारम्भिक चरणको कुराकानी भएको भन्दै आगामी निर्वाचनमा भने आफ्नै चुनाव चिन्हमा लड्ने बताएका हुन् ।

पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनको तयारी गर्ने उनको भनाइ छ । उनले माओवादी केन्द्रसँग चुनाव अघि एकताको सम्भव नरहेको र त्यसपछि एकतालाई अघि बढाउन एकता संयोजन समिति बनाउने तयारी भइरहेको जानकारी दिए।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी र एकीकृत समाजवादीसँग बिचार र राजनीतिक कार्यदिशामा पनि एकरूपता रहेकाले र फेरी पनि बामशक्तिहरू एक ठाउँमा आउनुपर्ने भएकाले एउटै घोषणापत्रमा चुनाव लड्ने तयारीमा रहेको बताए। उनले अहिले चुनावी तालमेल गर्ने दलहरुबीच भने साझा कार्यक्रम र समान धारणा बनाएर जनतामाझ जाने बताए।

उनले साझा कार्यक्रममा गठबन्धनले जनताका लागि गर्ने कामहरूको प्रतिबद्धता हुने जानकारी दिए।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  १ : ४२ बजे

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने

प्रधानमन्त्री कार्कीसँग देउवा, ‌ओली र प्रचण्डको छलफल

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल गरेकी

‘बाजिगर’ र ‘डर’ मा शाहरुखको भूमिकाबाट प्रभावित थलापथी विजय

काठमाडौं– बलिउडका सुपरस्टार शाहरुख खानले आफ्नो फ्लिम करिअरमा केही यस्ता

प्रशिक्षण केन्द्रहरूबीच सहकार्य सुदृढ गर्न नेटवर्किङ कार्यशाला

काठमाडौं– खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको क्षमता विकासलाई अझ

हात्ती सुन्दरी प्रतियोगिता : पुनम कली बनिन् प्रथम

चितवन– चितवनको सौराहामा जारी तीन दिने हात्ती महोत्सव अन्तर्गत आइतबार