ज्यान जोखिममा हालेर सेवा दिँदै अछामका स्वास्थ्यकर्मी | Khabarhub Khabarhub

ज्यान जोखिममा हालेर सेवा दिँदै अछामका स्वास्थ्यकर्मी

प्रदेश सरकार र स्थानीय तहका जनप्रतिनिधि रमिते !


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

अछाम- अछामका केही दुर्गम स्थानका स्वास्थ्यकर्मीहरू ज्यान जोखिममा राखेर जनतालाई स्वास्थ्य सेवा दिइरहेका छन्। जिल्लाका दुर्गम ठाउँमा सहज यातायातको पहुँच नहुँदा जोखिम मोलेर भए पनि जनतालाई स्वास्थ्यकर्मीले सेवा प्रदान गरिरहेका छन् ।

गाउँघरमा नियमित खोप सञ्चालन गरिरहँदा होस् या अन्य कोरोना लगायतका खोप सञ्चालन गर्न गाउँघरमा जाँदा स्वास्थ्यकर्मीले ठुलो दुख कष्ट भोग्नु परिरहेको छ । ठुला ठुला खहरे खोला र भिर पाखाको सामना गर्दै जोखिम मोलेर गाउँघरसम्म पुग्नु पर्ने बाध्यता स्वास्थ्यकर्मीलाई छ ।

जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ७ सुतारमा गाउँघर क्लिनिकद्वारा खोप दिन गएका स्वास्थ्यकर्मीहरू जोखिम मोलेर खोला तरिरहेको तस्बिर सार्वजनिक भएको छ । सुतार स्वास्थ्य चौकी बाट करिब ३ घण्टाको पैदल दुरी हिँडेर खोला तर्नु पर्ने बाध्यता रहेको रामारोशन गाउँपालिका स्वास्थ्य शाखा संयोजक प्रभुनाथ देवकोटाले जानकारी दिए ।

केही दिन अघि खोप प्रदान गर्न गएका दुई जना स्वास्थकर्मीहरुको तस्बिर सार्वजनिक भए पछि अहिले उक्त ठाउँमा स्थानीय बासीले केही सहजताका लागी काठको पुल निर्माण गरिसकेको उनले बताए । यता जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झनक ढुंगानाले स्वास्थ्यकर्मीहरूले जोखिम मोलेर खोला पार गर्न लागेको तस्बिर सामाजिक सञ्जालमा राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले तस्बिर सार्वजनिक गर्दै लेखेका छन्,स्वास्थ्यकर्मीले खोप तथा क्लिनिक सञ्चालन गर्न कहिले सम्म यसरी जोखिममा जानू पर्ने हो ? स्थानीय सरकार, प्रदेश सरकार धेरै ठूलो बजेट पनि चाहिँदैन होला सानो झोलुङ्गे पुल बनाउन ।

जिल्लाका दुर्गम क्षेत्रमा वर्षाका बेला खोला नाला बढ्ने र पुल समेत नुहदाँ यात्रा गर्न कठिनाइ भइरहेको छ । जिल्लाका भुलु रहफ, सुतार सिउडी सोकट लगायतका दुर्गम ठाउँमा सहज यातायातको व्यवस्था नुहदाँ स्वास्थ्यकर्मीले समेत जोखिम मोलेर यात्रा गर्नु परिरहेको छ।

जिल्लाका दुर्गम क्षेत्रमा वर्षाका बेला खोला नाला बढ्ने र पुल समेत नुहदाँ यात्रा गर्न कठिनाइ भइरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  २ : ४० बजे

३५ वर्षयता नेपालको कूटनीति : ३० मध्ये एक जना मात्रै विषय विज्ञ परराष्ट्रमन्त्री

काठमाडौं– नेपालको कूटनीति क्षेत्रको अपरिपक्वता र खेलाँची ३५ वर्षयता नियुक्त

निर्वासित स्पेनी राजाको संस्मरणले फ्रान्कोबारे नयाँ बहस चर्कायो

एजेन्सी– निर्वासित स्पेनका पूर्व राजा जुआन कार्लोसको नयाँ संस्मरण सार्वजनिक

निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम

काठमाडौं– दौडमार्फत स्वास्थ्य सचेतना फैलाउने उद्देश्यले नेपाल आयल निगमले आयोजना

सर्पको डसाइबाट एक महिलाको मृत्यु

दमक– सर्पको डसाइबाट झापाको गौरादहमा एक महिलाको मृत्यु भएको छ।

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन् : नेताहरूलाई ननङ्ग्याएसम्म नेपालमा भ्रष्टाचार घट्दैन

काठमाडौं – पूर्व महान्यायाधिवक्ता तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक डा. युवराज