पाँचखाल नगरपालिकाले लगानी सम्मेलनको आयोजना गर्ने | Khabarhub Khabarhub

पाँचखाल नगरपालिकाले लगानी सम्मेलनको आयोजना गर्ने


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाले यो वर्ष लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । कोरोना सङ्क्रमणका कारण सम्मेलन लगातार तीन वर्ष अनिश्चित भएको थियो । कोरोना सङ्क्रमणको तेस्रो लहरमा मानवीय क्षति न्यूनीकरण हुँदै नगन्य मात्रामा झरेपछि यसवर्ष लगानी सम्मेलन गर्न सकिने नगरले जनाएको हो ।

तीन वर्षदेखिको लगानी सम्मेलन गर्ने चाहनालाई यो वर्ष मूर्तरूप दिइने नगरप्रमुख महेश खरेलले बताए । ‘लगानी सम्मेलनको चाहना त्यत्तिकै हुने हो कि भन्ने लागेको थियो, पुनः नगरप्रमुख भएपछि त्यो चाहनालाई दोस्रो कार्यकालको पहिलो वर्षमै पूरा गर्नेतिर लाग्नेछु’, उनले भनेका छन् । 

कोरोनाको चरणबद्ध सङ्क्रमणको असर कम हुँदै जान थालेकाले यो वर्ष उपयुक्त हुने देखिएकाले सम्मेलनको तयारीमा लाग्ने खरेलले बताए । आर्थिक वर्ष २०७६/७७ मा कार्यपालिकाले निर्णय गर्दै बजेट विनियोजन गरी तयारीमा जुटेपनि त्यतिबेला कोरोना भाइरसको सङ्क्रमण उच्च जोखिम बढ्दै गएपछि लगानी सम्मेलन योजनामै सीमित भएको थियो । 

सम्भावित कोरोनाको तेस्रो लहरका कारण पनि गत आर्थिक वर्षको अन्त्यसम्ममा सम्मेलन गर्ने कार्यतालिका बनाउन नसकेको खरेलले बताए । उनका अनुसार सम्मेलनमा लगानीकर्ताबाट १५ अर्बको लक्ष्य लिइएको छ । खरेलले भने, ‘कोरोना तेस्रो लहरले नगन्य मात्रामा असर देखिएकाले अब सम्मेलन गर्न सकिने निचोडमा पुग्यौँ र यो वर्ष गर्ने योजना बनाएका छौँ, यसका लागि लगानीकर्ता निम्त्याउनेबारे अध्ययन सुरु गर्दैछौँ ।’ 

यसअघि स्थानीय तहअन्तर्गत पहिलोपल्ट विसं २०७६ असोजमा रूपन्देहीको तिलोत्तमा नगरपालिकाले गरेको लगानी सम्मेलनमा स्वेदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । पाँचखाल क्षेत्रको समग्र विकासका लागि चालु आवमा लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्न अघिल्ला दुवै आवमा प्रारम्भिक बजेट छुट्याइएको खरेलले जानकारी दिए । 

 उनले भने ,’पाँचखालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विकासका काम सुरुवातसँगै लगानी सम्मेलन फलदायी हुने अपेक्षा गरेका छौँ ।’ विशेष गरी कृषि र पशुपालनमा लगानीकर्तालाई आकर्षण गर्ने योजना बनाइएको छ । पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पुर्‍याइसकिएको तथा पुर्‍याउने काम अन्तिम चरणमा रहेकाले वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको बताइन्छ । कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीयस्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्तावसमेत गरिने योजना बनाइएको छ ।

‘सम्मेलनमा स्थानीयवासीलाई रोजगार दिने उद्योग तथा परियोजनालाई करछुट दिन पनि छलफल गर्दैछौँ’, खरेलले भने । सम्मेलनमा पाँचखालमा विभिन्न ऐतिहासिकस्थलसमेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई प्राथमिकतामा राखिनेछ । पाँच खालमा विशेष आर्थिक क्षेत्रको निर्माण अन्तिम चरणमा पुगेको, मदन भण्डारी विश्वविद्यालयका लागि जग्गा व्यवस्थापन भई हाल संसद्बाट विधेयक पारित भइसकेको, वृहत सुनकोसी पाँचखाल खानेपानी आयोजनाको काम अन्तिम चरणमा रहेको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेसन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि जमिन छुट्याएकाले थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेको जनाउँदै नगरले सम्मेलन गर्न लागेको हो । 

खरेलका अनुसार हालै सम्झौता गरिएको स्मार्ट सिटी लगानीको एउटा वैकल्पिक योजना हो । ग्रीन स्मार्ट–सिटी निर्माणमा गतवर्ष फागुनमा सहरी विकास मन्त्रालयको सघन सहरी विकास कार्यक्रमअन्तर्गत सहरी विकास कार्यक्रम आयोजना गर्न ५० करोड बजेट विनियोजन गरिएको छ ।

मन्त्रालयले देशका ४४ नगरलाई छनोट गरेकोमध्ये पाँचखाललाई प्राप्त पचास करोड बजेटमा ५० प्रतिशत सडक क्षेत्रमा, ३० प्रतिशत आयआर्जन, १५ प्रतिशत सामुदायिक पूर्वाधार तथा पाँच प्रतिशत रकम शासकीय पूर्वाधार निर्माणमा खर्च गर्नुपर्नेछ । कोरोना जोखिमका कारण लगानी सम्मेलन गर्न नसकेपछि लगानी भित्र्याउन विकल्पका रुपमा उद्यमशीलताको विकास एवं प्रवर्द्धन गर्न नगरले विभिन्न वित्तीय संस्थासँगको सम्झौतालाई अघि बढाएको थियो । नगरप्रमुख खरेलका अनुसार उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरूपमा सरल कर्जा उपलब्ध गराउन वित्तीय संस्थासँगकाे सम्झौता गरिएको हो । ‘लगानी सम्मेलन गरेर नगरको थप विकासमा लाग्ने योजना कोरोना सङ्क्रमणको जोखिमले थाँती रहेपछि साझेदारीमा वैकल्पिक योजनाको खोजी गरिरहेका थियौँ’, उनले भने।

‘पाँचखाल नगर, कृषि सहर’ नारालाई सार्थक बनाउन नगरले खेतीयोग्य जमिनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाउँदै आएको छ । नगरले कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमिन मास्न नदिने निर्णय गरेको हो । रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमिन जोगाएर मानवबस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाउने नगरको योजना छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ३ : ०४ बजे

प्रचण्ड सरकारमा खटपट, नयाँ गठबन्धनको कसरतमा कांग्रेस र एमाले

काठमाडौं- प्रतिनिधिसभाका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका

टीकापुरमा असल करदातालाई सम्मान

कैलाली– कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ ।

‘ट्रयाक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी–  म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक

पहिरोले घर पुरिँदा बालकको मृत्यु

सुर्खेत– सुर्खेतको भेरी नगरपालिका–४ इवरमा पहिरोले घर पुरिँदा रमेश बिकका

एकीकृत समाजवादीको महाधिवेशनमा आजबाट बन्दसत्र

काठमाडौं– नेकपा एकीकृत समाजवादीको काठमाडौंमा जारी राष्ट्रिय महाधिवेशनमा आजबाट बन्दसत्र