सर्लाहीका सबै स्थानीय निकायमा फाइजर खोप | Khabarhub Khabarhub

सर्लाहीका सबै स्थानीय निकायमा फाइजर खोप


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– सर्लाहीका सबै  स्थानीय निकायमा कोरोना भाइरस विरुद्धको फाइजर खोप लगाइने छ । आजबाट जिल्लाका सबै स्थानीय निकायका ५ देखि १२ वर्ष सम्मका बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

जिल्लाको मलङ्गवा नगरपालिकाबाहेक अरू १९ वटा स्थानीय निकायमा सोमबार नै खोप पुर्‍याइएको र मलङ्गवामा आज नै खोप पुर्‍याइने स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा नवलकिशोर झाले जानकारी दिए । उनका अनुसार जिल्लाका २० वटै स्थानीय निकायमा एकैसाथ खोप कार्यक्रम चल्नेछ । बालबालिकालाई खोप लगाउन जिल्लाका स्थानीय निकायहरूले तालिका पनि बनाइसकेका स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा एक लाख ४० हजार डोज खोप आइपुगेको छ । 

खोप कार्यक्रम सञ्चालन गर्न केही दिनअघि स्वास्थ्यकर्मी र शिक्षकहरूलाई अभिमुखीकरण तालिमसमेत दिइएको थियो । ५ देखि १२ वर्ष उमेर समूहका करिब दुई सय जना विद्यार्थी रहेको विद्यालयमा त्यहीँ स्वास्थ्यकर्मी गएर खोप लगाइने छ भने सो सङ्ख्या नपुग्ने विद्यालयका विद्यार्थीलाई नजिकै अर्को विद्यालयमा लगेर खोप लगाइने छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ३ : ३१ बजे

सूचनाको हकका लागि राष्ट्रिय महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा– सूचनाको हकका लागि राष्ट्रिय महासंघ, गण्डकी प्रदेश समितिको अध्यक्षमा

ट्रम्पले हेगमा भने, ‘इरानमाथिको हमला हिरोशिमा र नागासाकीको जस्तै थियो

हेग- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकी आक्रमणको तुलना दोस्रो

एमाले नेता थापा भन्छन् : पार्टीमा समस्या छैन, जनताको विश्वास बढ्दै गएको छ

धनगढी– नेकपा एमालेका केन्द्रीय सदस्य तथा संगठन विभाग सदस्य लालबहादुर थापाले

अर्थतन्त्र चलायमान बनाउन महिलाको भूमिका महत्त्वपूर्ण : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको अर्थतन्त्र चलायमान