यी हुन् मन्त्रिपरिषद्का निर्णय | Khabarhub Khabarhub

यी हुन् मन्त्रिपरिषद्का निर्णय


७ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् । 

देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरूको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरावलोकन गरि सरकारलाई सिफारिस गर्न आयोग गठन गरिएको उनले बताए ।

बैठकले बिमानस्थलमा मात्र ट्रान्जिट हुने बाहेक विदेशी नागरिकलाई नेपालबाट तेश्रो मुलुकमा जान प्रस्थान अनुमति नदिने यस अघिको निर्णय खारेज गर्ने निर्णय गरेको छ भने बालाजु त्रिशूली सडक खण्डको मुड्खु तीनपिप्ले ५ दशमलव ५ किलोमिटर सडक निर्माण कार्य तत्काल अगाडि बढाउन विशेष परिस्थितिमा बोलपत्र आह्वान गरि खरिद प्रक्रियामा लैजान सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

त्यस्तै बैठकले फौजदारी कसुर दोश्रो संशोधन नियमावली स्वीकृत गर्ने, विद्युतीय सुशासन आयोग आदेश स्वीकृति गर्ने र विदेशस्थित नेपाली नियोगको आर्थिक कार्यविधि स्वीकृत गर्ने निर्णय भएको उनले बताए । त्यस्तै बैठकले सहसचिव नारायणप्रसाद शर्मा दुवाडीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरि पदस्थापन गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ३ : ४८ बजे

जबरजस्ती करणी अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा– १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका-४

बेलायतमा नेपाली कन्सर्ट हुँदै

काठमाडौं– मानवसेवा आश्रम सहयोगार्थ लोकप्रिय गायिका तथा समाजसेवी आनी छोइङ

व्यवहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेन : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यवहारिक रुपमा संघीयता

मोबाइल ह्यांग र स्लाे हुने समस्या कसरी समाधान गर्ने ? 

काठमाडौं– आजकल हामी स्मार्टफोनमा धेरै निर्भर भएका छौँ। या सम्मकी 

१० देश जहाँ मजदुरको न्यूनतम तलब सबैभन्दा धेरै छ

काठमाडौं–  विश्वमा विभिन्न राज्यहरूको विकासको अवस्थाअनुसार त्यहाँ काम गर्ने मजदुरहरूको